National life

राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरू तेस्रो चरणको आन्दोलनमा,व्यवस्थापन टिम दायित्वबाट बाहिरिएको आरोप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
675Shares
राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरू तेस्रो चरणको आन्दोलनमा,व्यवस्थापन टिम दायित्वबाट बाहिरिएको आरोप
ncell

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका छन् । पहिलो र दोस्रो चरणको आन्दोलन पश्चात् पनि आफ्ना मागहरू पुरा नभएपछि तेस्रो चरणको आन्दोलन सुरु गरेको राष्ट्रिय बीमा कम्पनी संघले जनाएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले पनि उक्त विरोध कार्यक्रममा ध्यानाकर्षण भएको भन्दै क्रियाशील युनियनहरूले पेश गरेका मागहरू यथाशीघ्र कार्यान्वयन गराउन माग गर्दै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली, २०७४ को पूर्ण कार्यान्वयन नभएको भन्दै कम्पनीका कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत असार ३१ गतेदेखि सुरु भएको आन्दोलनको पहिलो र दोस्रो चरणको आन्दोलनबाट कुनै टुंगो नलागेपछि कर्मचारीहरु तेस्रो चरणको आन्दोलनमा उत्रिएका छन्।

नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघको इकाइले कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावलीमा भएका कुराहरु अझै कार्यान्वयन नभएपछि कर्मचारीहरु आक्रोशित बनेका छन्। ‘६ वर्षसम्म पनि विनियमावलीमा भएका कर्मचारी सेवाका विषयहरू कार्यान्वयन नहुँदा हामी आन्दोलनमा उत्रिएका हौँ’, एक कर्मचारीले भने, ‘कर्मचारीको हकहित र सेवाका विषयहरूलाई बोर्डले यसरी बेवास्ता गर्दा कर्मचारी युनियन नै मर्कामा परेको छ।’

कर्मचारी युनियनको संयुक्त मागपत्रको सम्बन्धमा कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार गठित उपसमितिले सिफारिस गरेको सुझाव २०८० साउन १ गतेदेखि नै कार्यान्वयनमा ल्याउने सहमति भए पनि कार्यान्वयनमा व्यवस्थापनले चासो नराखेको भन्दै कर्मचारी आक्रोशित बनेका छन्। कर्मचारीहरूले व्यवस्थापन टिम आफ्नो दायित्वबाट बाहिरिएको समेत आरोप लगाएका छन्।

कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल कार्यालयमा समेत नआएको कर्मचारीहरु बताउँछन् । उता सिइओ बरालले भने कर्मचारी सगंठनको अवरोधका कारण कार्यालयमा उपस्थित हुन नसकेको बताउँदै आएका छन् ।

व्यवस्थापकहरूले बोर्डसँग कोअर्डिनेसन नगर्दा नै कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली कार्यान्वयन नभएको कर्मचारीहरूले आरोप लगाएका छन्। अर्थ मन्त्रालयबाटै स्वीकृत भई सञ्चालकलाई कार्यान्वयन गर्न भनेर पठाउँदासमेत उक्त विनियमावली कार्यान्वयन हुन नसक्दा आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको कर्मचारीहरु बताएका छन्।

बोर्डलगायत व्यवस्थापकहरूको यस्तो गैरजिम्मेवारीपनले गर्दा बीमा क्षेत्र नै धराशायी बनेको कर्मचारीहरूको आरोप छ। तेस्रो चरणको आन्दोलनबाट पनि कर्मचारीहरूको माग सम्बोधन नभए अझै सशक्त रूपमा आन्दोलन गर्न बाध्य हुने कर्मचारी युनियनले जनाएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?