National life

‘सपनामै बीमा अभिकर्ता बनेको देखेपछि अभिकर्ता पेसामा आबद्ध भए’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
860Shares
‘सपनामै बीमा अभिकर्ता बनेको देखेपछि अभिकर्ता पेसामा आबद्ध भए’
ncell

काठमाडौं । नेपाली समाजमा एउटा भनाई छ नी, ‘बिहानको वेलामा देखेको सपना पुरा हुन्छ ।’ सपनामै आफु बीमा अभिकर्ता बनेको देखेपछि अभिकर्ता पेसामा आबद्ध भएका थिए, कैलालीको धनगढीका मदन भट्ट । बीमा अभिकर्ता पेसामा सफल भएपछि उनले भगवान र भाग्यमा धेरै विश्वास गर्न थालेका हुन् ।

आफूलाई अभिकर्ता बन्नको लागि भगवानले नै बाटो देखाएको उनी बताउँछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘दैविक चमत्कार भनौँ की के भनौँ, भनिन्छ नि भाग्यमा भएको भागेर पनि आउँछ । कहिलेकाहीँ जीवनमा नसोचेको भइदिन्छ । बीमा अभिकर्ता बन्छु भनेर कहिल्यै पनि सोचेको थिइन् । तर एक दिन सपनामा म बाट बीमा गराउनको लागि मानिसहरू लाइन लागेको देखेपछि म भारतीय बीमा कम्पनी एलआइसीको एजेन्ट बनेको हो ।’ उनले अगाडी थपे, ‘अभिकर्ता पेसा त मेरो सपनाले देखाएको बाटो हो ।’

असई को जागिर खानका लागि डोटीको दिपायलमबाट परीक्षा दिएर पास भैसकेका भट्ट नेपाल प्रहरीको जागिर नगरी सपनाले देखाएको बाटो पछ्याउँदै सफल अभिकर्ताको रूपमा स्थापित भएका हुन् ।

आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा भट्टले भने,‘डोटीको दिपायलमा प्रहरीको भर्ती खुलेको थियो । त्यो वेलामा प्लस टु पास गरिसकेपछि असईको जागिर खानुपर्छ भन्ने एक किसिमको लहर नै चलेको थियो । मैले पनि असईको लागि परीक्षा दिए, पास पनि भए तर जागिर भने गरिन । घरमै सानो व्यापार गरेर बसे ।’

उनले अगाडी थपे, ‘त्यसै वेलामा बैतडीका एक जना दाइले आफ्नो छोरा एलआइसीको एजेन्टको रूपमा काम गरिरहेको भन्दै मलाई पनि एजेन्ट बन्न सुझाए । तर मैले नै मानिन् ।’

सन् २००२ को एक राती सुतेको वेलामा उनले अभिकर्ता बनेर मानिसहरूको बीमा गराइरहेको सपना देखेपछि उनी त्यही सपना पुरा गर्नको लागी अभिकर्ता बनेका हुन् । सन् २००२ देखी बीमा अभिकर्ताको रूपमा काम गर्दै आएका भट्टसँग २२ वर्षको अनुभव रहेको छ । उनी हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिनियर एजेन्सी म्यानेजरको रूपमा कार्यरत छन् ।

नेपाल लाइफमा लगातार ४ चोटि नेपाल टप भएर पहिलो ह्याट्रिक गर्ने उनी पहिलो व्यक्ति पनि हुन् । उनी नेपाल लाइफमा आएको पहिलो वर्षमै नेपाल लाइफ वाट नेपाल टप भएका थिए ।

‘बीमा अभिकर्ताको रूपमा लगातार ४ चोटि नेपाल टप भएर ह्याट्रिक गर्ने पहिलो व्यक्ति म मात्रै हु । मैले नेपाल लाइफमा आएकै वर्ष नेपाल टप गरेको थिए । त्यसपछि सन् २०२१, २०२२ र २०२३ मा लगातार ३ वर्ष नेपाल टप भएको छु ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा भने ।

यसका साथै उनले करिब १२ पटक त एमडीआरटीको उपाधि नै प्राप्त गरिसकेका छन् । उनले पहिलो पटक सन् २००७ मा एलआइसी वाट नै एमडीआरटीको उपाधि प्राप्त गरेका थिए ।

अभिकर्ता बनेर काम गर्दै गर्दा आफूले धेरै मिहिनेत गर्नुपरेको उनी बताउँछन् । ‘देश नै आन्तरिक द्वन्द्वमा फसेको वेलामा ठाउँ ठाउँमा कफ्र्यु लाग्ने गथ्र्यो । बिहान १ कप चिया मात्रै खाएर सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर बीमा पोलिसीहरु बेच्ने गर्थे । कति ठाउँहरूमा त एलआइसीको लोगो देखेर मलाई विदेशी दलाल भनेर प्रहरी र माओवादीहरूले कन्चटमा नै बन्दुक ताकेको सम्झना मलाई अझै छ ।’

नेपाल लाइफ र एलआईसीमा गरेर उनले ४ देखी ५ हजार भन्दा बढी मानिसको बीमा गराइसकेका छन् । यस क्षेत्रमा काम गर्दै गर्दा घरपरिवारबाट पनि राम्रो सहयोग पाएको उनले हामीसँगको कुराकानीको क्रममा सुनाए ।

‘मलाई यो क्षेत्रमा काम गर्दै गर्दा सबैले राम्रो सहयोग गरेका छन् । साथीभाइहरूबाट पनि धेरै राम्रो सर्पोट पाएको छु । जब मसँग नाम, दाम केहिपनि थिएन, त्यो वेला देखी नै मलाई साथ दिइरहेकी श्रीमतीलाई त यो सफलताको कथामा बिर्सिन नै मिल्दैन ।’ उनले भने, ‘समग्रमा भन्नुपर्दा मलाई सबैले साथ नै दिएका छन् ।’

कुनै पनि मानिस सफल हुनका लागि एकदम दत्तचित्र् भएर लाग्नुपर्ने कुरामा उनी विश्वास गर्छन् । ‘म विगत २२ वर्षदेखि बीमा अभिकर्ताकै रूपमा काम गरिरहेको छु । एक जना मान्छेले दत्तचित्त भएर बीमा एजेन्टको काम र्गयो भने जीवन राम्रोसँग चलाउन पुग्ने गरी पैसा कमाउन सक्छ । तर विश्वास भने कसैको तोड्नु हुदैन् । मैले बीमा अभिकर्ता बनेर काम गर्दै गर्दा एजेन्टले पैसा खाएर भागेको जस्ता धेरै कुराहरू सुनिन्थे । तर मैले त्यस्तो कहिल्यै गरिन् । विश्वासको बिजनेस गर्दै आएको भएर नै म आज यो ठाउँमा छु ।’

https://aarthikvoice.com/archives/47189

कैलाली बहुमुखी क्याम्पसबाट बीबीएस सम्मको अध्ययन गरेका उनले आफ्नै व्यवसाय पनि गरिरहेका छन् । उनले धनगढीमा चिकेन स्टेसनको फ्रेञ्चाइज खोलेका छन् । यस्तै उनले अहिले नयाँ रिर्सोट खोल्ने तयारी समेत गरिरहेका छन् ।

भारतको सीमा क्षेत्रमा पर्ने धनगढी तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरुवाट इन्स्योरेन्सका नाममा भारतीय बीमा कम्पनीहरूले लग्ने अरबौँ रकम नेपालमै रोक्न सफल भएको उनी बताउँछन् । उनी अरबौँ रकम भारत जानबाट रोक्ने बीमा अभिकर्ता बन्न पाएको भन्दै आफैमा गर्व गर्छन् ।

नेपाल लाइफ इन्स्योरेन्समा बीमितले पाउने वोनसदर पनि राम्रो भएको उनी बताउँछन् । नेपालमा धेरै बीमा कम्पनी भए पनि नेपाल लाइफले दिने ग्राहक सेवा समेत छिटोछरितो र सजिलो भएको उनको भनाइ छ ।

उनका अनुसार बीमा अभिकर्ता बन्ने मानिसले आम मानिसको विश्वास भने कायम गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘अभिकर्ता मिहिनेत र लगनशील हुनुपर्छ । यस्तै अभिकर्ता बन्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको इमानदारिता हो । अभिकर्ता इमानदार पनि हुनुपर्छ ।’

यो समाचार शेयर गर्नुहोस्
860SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?