National life

सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०१ चैत २०८२, आइतबार
1KShares
सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण
ncell

काठमाडौँ — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष २०८३ सालका लागि तयार पारिएको क्यालेन्डर एक विशेष समारोहबीच लोकार्पण गरेको छ। कम्पनीले आगामी वर्षको क्यालेन्डरलाई विशेष सन्देशसहित तयार पारेको छ, जसको मुख्य विषयवस्तु लोपोन्मुख वन्यजन्तु, दिगोपन, संरक्षण र संवर्द्धन रहेको छ।

कम्पनीले सार्वजनिक गरेको क्यालेन्डरमा नेपालमा पाइने विभिन्न लोपोन्मुख जनावरहरूको तस्बिर समावेश गरिएको छ। प्राकृतिक सम्पदाको संरक्षण र भावी पुस्ताका लागि सुरक्षित भविष्य सुनिश्चित गर्नुपर्ने सन्देशलाई जीवन बीमाको मूल भावसँग जोड्दै क्यालेन्डर तयार गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार क्यालेन्डरले प्रकृति संरक्षणप्रति जनचेतना फैलाउनुका साथै जीवन बीमाले प्रदान गर्ने सुरक्षा, संरक्षण र भविष्यप्रतिको तयारीको सन्देश पनि बोकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सन नेपाल लाइफ इन्स्योरेन्सले समय–समयमा सामाजिक उत्तरदायित्व र जनचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ। कार्यक्रममा कम्पनीका उच्च पदस्थ अधिकारीहरू तथा बिभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देशै भरि १४८ शाखा तथा उप शाखा संचलानमा रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?