काठमाडौँ, बागमती प्रदेशमा Sun Nepal Life Insurance Company Limited ले ६९औँ सहकारी दिवसको अवसरमा बागमती प्रदेशभर व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। प्रदेश प्रमुख लोका माया अधिकारीको नेतृत्वमा प्रदेशभरका विभिन्न सहकारी संस्थाहरूमा “क्रेडिट प्रोटेक्शन” सम्बन्धी सचेतनामूलक अभियान प्रभावकारी रूपमा सम्पन्न भएको जानकारी दिइएको छ।
कार्यक्रमलाई सफल पार्न रिजनल प्रमुखहरू सनत सत्याल र मुरारी प्रसाद तिवारी सहित सम्पूर्ण शाखा प्रमुख, उपशाखा प्रमुख, कर्मचारी तथा इन्स्योरेन्स एडभाइजरहरूको सक्रिय सहभागिता रहेको थियो। प्रदेश प्रमुख अधिकारीले कार्यक्रमलाई समन्वयात्मक र प्रभावकारी बनाउन सबै तहबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताएकी छिन्।
उक्त अभियान अन्तर्गत बागमती प्रदेशका १३ वटै जिल्लामा एकैसाथ करिब ३० वटा शाखा र उपशाखाहरू मार्फत कार्यक्रम सञ्चालन गरिएको थियो।
विशेषगरी, एकै दिन १२५ भन्दा बढी कार्यालयहरूमा “क्रेडिट प्रोटेक्शन क्याम्पेन” कार्यक्रम सञ्चालन गर्नु यस अभियानको प्रमुख उपलब्धि मानिएको छ। यस किसिमका कार्यक्रमहरूले बीमाप्रति जनविश्वास अभिवृद्धि गर्नुका साथै वित्तीय सुरक्षाबारे सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
हाल Sun Nepal Life Insurance Company Limited ले देशैभर १४८ शाखा र उपशाखाहरू मार्फत सेवाहरू सञ्चालन गरिरहेको छ।


































