National life

सानिमा रिलायन्स लाइफको खुद बीमा शुल्कमा १५.८८ % ले वृद्धि ,सबै सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
767Shares
सानिमा रिलायन्स लाइफको खुद बीमा शुल्कमा १५.८८ % ले वृद्धि ,सबै सूचकमा देखियो प्रगति
ncell

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.७७ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ३३ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसैअवधिमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यसैअवधिमा कम्पनीले ४ अर्ब १ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा १५.८८ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको छ।

यस्तै,कम्पनीको खुद ब्याज आम्दानी पनि ४ अर्ब १ करोड रूपैयाँबाट बढेर ४ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ। त्यस्तै कुल आम्दानी ५ अर्ब २२ करोड रूपैयाँबाट बढेर ६ अर्ब १२ करोड रूपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष ४४ प्रतिशतले वृद्धि भएर १७ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ।गत वर्ष उक्त कोष १२ अर्ब ३६ करोड रूपैयाँ रहेकोमा थियो।

कम्पनीको महाविपत्ति कोषमा साढे १ करोड रूपैयाँभन्दा बढी तथा जगेडा कोषमा करीब ३१ करोड रूपैयाँ सञ्चिति रहेको छ।

https://aarthikvoice.com/archives/59355

चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निंङमा ३० करोड ९९ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ६ पैसा छ ।

https://www.youtube.com/watch?v=cY1n035RpOg&t=75s

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?