National life
cg eloctronics

सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१४ फागुन २०८२, बिहिबार
1.3kShares
सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न
muktinatha bikash bank

काठमाडौँ । नेपालको बीमा उद्योगमै पहिलो पटक, Citizen Life Insurance ले “Citizen Leader Discourse” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते Hotel Pokhara Grande मा सम्पन्न उक्त कार्यक्रममा करिब ४० मिनेट अवधिको विशेष प्यानल डिस्कोर्स सत्र सञ्चालन गरिएको थियो। कार्यक्रमको सहजीकरण कम्पनीको तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कार्यक्रममा कम्पनीका सिटिजन लिडर्सहरू ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश बाबु शर्मा, राजु श्रेष्ठ तथा सुश्री लक्ष्मी लामिछानेले प्यानलिस्टको रूपमा सहभागिता जनाएका थिए । छलफल Success, Career Development, Recruitment, Policy Persistence जस्ता महत्वपूर्ण विषयहरूमा केन्द्रित थियो।

प्यानल छलफलमा टुक बहादुर रानाले पछिल्लो समय बढ्दै गएको व्यतित बीमालेख (Lapse Policy) लाई सम्पूर्ण एजेन्सी व्यवसायको साझा चुनौतीका रूपमा प्रस्तुत गर्दै केवल बिक्रीमा होइन, Policy Persistence मा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए । उनले Post-training follow-up system, self-learning culture, client servicing calendar तथा renewal reminder mechanism जस्ता व्यावहारिक समाधानहरू सुझाउँदै “बिक्रीभन्दा पनि दीर्घकालीन सम्बन्ध निर्माण नै हाम्रो लक्ष्य हुनुपर्छ” भन्ने धारणा राखे ।

everest bank

ईश्वरी प्रसाद बरालले आफ्नो २१ वर्षको अनुभव साझा गर्दै बीमालाई केवल पेशा होइन, यसको मूल्य र सामाजिक जिम्मेवारी बुझ्न समय लाग्ने यथार्थ प्रस्तुत गरे । ग्रामीण क्षेत्रमा सम्बन्धमा आधारित विश्वास, बढ्दो वित्तीय सचेतना तथा एजेन्टको प्रत्यक्ष पहुँचका कारण बीमा व्यवसाय अझ प्रभावकारी हुने उल्लेख गर्दै “जहाँ विश्वास बलियो छ, त्यहाँ बीमा सहज हुन्छ” भन्ने सन्देश दए ।

सुश्री लक्ष्मी लामिछानेले बीमालाई पूर्ण रूपमा विश्वासमा आधारित पेशा भएको उल्लेख गर्दै महिलाहरू यस क्षेत्रमा अत्यन्त सफल हुन सक्ने बताए। महिलामा रहेको जिम्मेवारीबोध, संवेदनशीलता र परिवारप्रतिको सोचले परिवार केन्द्रित सुरक्षा सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने उहाँको धारणा थियो। उनले “महिलाको संवेदनशीलता र जिम्मेवारीपन नै बीमा व्यवसायको शक्ति हो” भन्ने दृष्टिकोण प्रस्तुत गरे ।

सुरेश बाबु शर्माले नेपालमा अझै ठूलो जनसंख्या बीमाको दायराबाहिर रहेको तथ्य प्रस्तुत गर्दै बीमाको पहुँच विस्तारमा अभिकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । अभिकर्ता केवल Sales Person नभई Financial Educator, Risk Advisor तथा Family Protector को भूमिकामा रहनुपर्ने उल्लेख गर्दै “हरेक घरमा बीमा, हरेक परिवारमा सुरक्षा” लाई साझा मिशन बनाउनुपर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी राजु श्रेष्ठले बदलिँदो सामाजिक परिवेशमा आजको आवश्यकता अनुसारको अभिकर्ता कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्नो विचार राख्नुभयो। डिजिटल, सचेत र तुलना गर्ने ग्राहकको युगमा अब केवल Policy बेच्ने होइन, Professional Financial Consultant का रूपमा अभिकर्ता रूपान्तरण हुनुपर्ने आवश्यकता औंल्याए ।

करिब ४० मिनेट अवधिको उक्त सत्र अत्यन्त प्रभावकारी, प्रेरणादायी तथा सहभागीमुखी बनेको थियो। कार्यक्रममा उठाइएका विषयहरूले एजेन्सी व्यवसायसँग सम्बन्धित पेशागत चुनौती, सुधारका सम्भावित क्षेत्र तथा दीर्घकालीन रणनीतिबारे गहिरो संवादको वातावरण सिर्जना गरेको थियो। कार्यक्रमको सफलतापछि कम्पनीले आगामी दिनहरूमा पनि यस्ता संवादमुखी तथा नेतृत्व विकास केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले सधैं नेतृत्व विकास, पारदर्शी संवाद र पेशागत सशक्तीकरणलाई प्राथमिकता दिँदै बीमा क्षेत्रमा नयाँ अभ्यासहरू स्थापना गर्दै आइरहेको छ। “Citizen Leader Discourse” त्यसैको एक महत्वपूर्ण र दूरदर्शी कदमका रूपमा लिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?