National life

सन नेपाल लाइफद्वारा कोशी प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२७ दिन अगाडि|०७ भदौ २०८३, आइतबार
3.2kShares
सन नेपाल लाइफद्वारा कोशी प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कोशी प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आइतबार इटहरीस्थित रमाडा होटल, पशुपति मार्गमा आयोजित कार्यक्रममा कोशी प्रदेशअन्तर्गतका विभिन्न शाखाबाट ADM तथा Emerging Sun Club Achieversहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईं र नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेलको आतिथ्यता रहेको थियो भने कार्यक्रम कोशी प्रदेशका Regional Manager वेदकुमार खत्रीको नेतृत्व तथा समन्वयमा सम्पन्न भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेलज्यूले कम्पनीको Sales Policy 2083/84, अभिकर्तामुखी विभिन्न योजना तथा आगामी कार्यक्रमहरूबारे जानकारी गराउनुभयो। उहाँले कम्पनीका नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अभिकर्ताहरूले आफ्नो व्यवसायिक क्षमता र कार्यसम्पादनलाई थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनले अभिकर्ताहरूको व्यावसायिक आचरण तथा नियामकीय जिम्मेवारीका विषयमा महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो। उहाँले अभिकर्ताहरूको Code of Conduct, अभिकर्ताहरूको जिम्मेवारी, Anti-Money Laundering (AML), Counter Financing of Terrorism (CFT) लगायतका विषयमा प्रकाश पार्दै बीमा व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन अभिकर्ताहरूले पालना गर्नुपर्ने विषयहरूबारे जानकारी गराउनुभयो।

त्यसैगरी, उहाँले बदलिँदो बीमा बजार र ग्राहकको आवश्यकता अनुसार Innovative Customer Approach अपनाउनुपर्नेमा जोड दिँदै ग्राहकलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा, सही जानकारी तथा व्यावसायिक व्यवहार प्रस्तुत गर्न अभिकर्ताहरूलाई आग्रह गर्नुभयो। उहाँले नियामकीय व्यवस्था तथा आचारसंहिताको पालना गर्दै बीमाको पहुँच विस्तारमा अभिकर्ताहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो।

त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईंले कम्पनीले अभिकर्ताहरूको व्यवसायिक विकास तथा सहजीकरणका लागि विभिन्न समयमा नयाँ नीति, कार्यक्रम तथा प्रोत्साहनमूलक योजनाहरू ल्याउँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा आवश्यक सहयोगलाई निरन्तरता दिइने उल्लेख गर्दै अभिकर्ताहरूको हकहित र व्यवसायिक विकासका लागि कम्पनी सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले कोशी प्रदेशका ADM तथा अभिकर्ताहरूले हासिल गरेको उत्कृष्ट उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले कोशी प्रदेशमा कम्पनीले उल्लेखनीय व्यवसायिक प्रगति हासिल गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि यहाँका अभिकर्ता तथा ADMहरूको मेहनत, लगनशीलता र सक्रियताबाट कोशी प्रदेशले सन नेपाल लाइफको व्यवसायिक यात्रामा नयाँ इतिहास रच्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले अभिकर्ताहरू कम्पनीका महत्वपूर्ण व्यावसायिक साझेदार भएको उल्लेख गर्दै उनीहरूको क्षमता, नेतृत्व र सक्रियतालाई थप सशक्त बनाउँदै कम्पनी अगाडि बढ्ने बताउनुभयो।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club का योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। सम्मानले अभिकर्ताहरूमा थप उत्साह, ऊर्जा र आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमले अभिकर्ता उत्प्रेरणा, नेतृत्व विकास, नियामकीय सचेतना, व्यवसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा, बीमा सचेतना तथा विभिन्न ग्राहक केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा निरन्तर अगाडि बढाउने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?