National life

सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’, थोरै लागतमा ठूलो सुरक्षा

१८ देखि ६५ वर्षसम्मका लागि सन नेपाल लाइफको नयाँ बीमा योजना, यस्ता छन् सुविधा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
944Shares
सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’, थोरै लागतमा ठूलो सुरक्षा
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ।

कम्पनीको नवौँ वार्षिकोत्सवको अवसरमा असोज १ गते आयोजित प्रडक्ट इनअगुरेसन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा कम्पनीको उच्च व्यवस्थापनको उपस्थितिमा नयाँ बीमा योजना शुभारम्भ गरिएको हो।

कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिलाई लक्षित गरी थोरै लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको हो। विशेषगरी युवा अवस्थामा रहेका परिवारका संरक्षकको व्यावसायिक तथा पारिवारिक दायित्वलाई ध्यानमा राख्दै आर्थिक सुरक्षा प्रदान गर्नु योजनाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना कम्पनीका सम्पूर्ण शाखा कार्यालयका साथै डिजिटल माध्यमबाट पनि खरिद गर्न सकिनेछ। डिजिटल माध्यमबाट बीमा खरिद गर्न कम्पनीको वेबसाइट तथा ‘सन कनेक्ट’ प्रयोग गर्न सकिनेछ।

योजनाअन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि आयस्रोतका आधारमा आवश्यकताअनुसार जतिसुकै रकमसम्मको बीमाङ्क छनोट गर्न सकिने कम्पनीले जनाएको छ। बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिने सुविधा रहेको छ।

बीमितको निधन भएमा बीमाङ्क रकमको शतप्रतिशत रकम दाबी भुक्तानी गरिनेछ। यस्तै, ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्मको किरिया खर्च तथा १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

सन नेपाल लाइफले २०७४ असार ६ गते बीमा दर्ता गरी औपचारिक रूपमा व्यवसाय सुरु गरेको हो। कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ र चुक्ता पुँजी ५.२८ अर्ब रुपैयाँ रहेको छ।

ISO 27001:2022 प्रमाणित कम्पनीले आफूलाई डिजिटल प्रविधिमैत्री जीवन बीमा कम्पनीका रूपमा स्थापित गरेको जनाएको छ। हाल कम्पनीले ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

दुर्घटना, अशक्तता तथा आपत्कालीन रोगबाट उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य ध्येय रहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
944SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?