National life

व्यतित बीमालेख नवीकरण गर्ने ग्राहकलाई सन नेपाल लाइफको ठूलो राहत

बीमालेखलाई पुनः सक्रिय गराउन कम्पनीले सीमित अवधिका लागि यो सुविधा ल्याएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०८ असोज २०८३, बिहिबार
299Shares
व्यतित बीमालेख नवीकरण गर्ने ग्राहकलाई सन नेपाल लाइफको ठूलो राहत
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित भएका बीमालेख नवीकरण गर्ने ग्राहकलाई लाग्ने विलम्ब शुल्क अर्थात् ब्याजमा ७५ प्रतिशत छुट दिने भएको छ।

कम्पनीले असोज ८ गतेदेखि असोज २६ गतेसम्म व्यतित भएका बीमालेख नवीकरण (पुनर्जागरण) गराउने ग्राहकलाई यस्तो छुट दिने जनाएको हो। लामो समयदेखि नवीकरण नभएका बीमालेखलाई पुनः सक्रिय गराउन कम्पनीले सीमित अवधिका लागि यो सुविधा ल्याएको हो।

कम्पनीका अनुसार व्यतित मितिले २ वर्ष पूरा नभएका बीमालेखमा मात्र ब्याज छुट सुविधा लागू हुनेछ।

Royal Enfield
nic asia capital
अर्थात् २ वर्षभन्दा बढी समयदेखि व्यतित अवस्थामा रहेका बीमालेखले यो सुविधा प्राप्त गर्ने छैनन्।

त्यस्तै, यो सुविधा बीमालेखको सम्पूर्ण अवधिमा एकपटक मात्र लिन सकिने कम्पनीले जनाएको छ। छुट सुविधाको प्रयोग गरी बीमालेख नवीकरण गरेपछि पुनः सोही बीमालेखमा यस्तो छुट दाबी गर्न पाइने छैन।

कम्पनीले ब्याज छुट लिएर नवीकरण गरिएको बीमालेख पछि समर्पण (सरेण्डर) गरिएमा प्रदान गरिएको छुट रकम पुनः कट्टा गरिने स्पष्ट पारेको छ।

सीमित अवधिका लागि उपलब्ध हुने भएकाले व्यतित अवस्थामा रहेका योग्य बीमालेखधारीले असोज २६ गतेभित्र बीमालेख नवीकरण गराई सुविधा लिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
299SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?