National life

निजी अस्पताल र मेडिकल कलेजलाई सरकारले स्वास्थ्य बीमा नदिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
1.3kShares
निजी अस्पताल र मेडिकल कलेजलाई सरकारले स्वास्थ्य बीमा नदिने
ncell

काठमाडौं । सरकारले निजी अस्पताललाई स्वास्थ्य बीमा नदिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजलाई स्वास्थ्य बीमा नदिने मनस्थितिमा सरकार पुगेको बताएका हुन् ।

बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले निजी अस्पताल र मेडिकल कलेजलाई स्वास्थ्य बीमा नदिने बताए ।

स्वास्थ्य बीमा सही ढंगबाट सञ्चालन हुन नसकेको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिरामी नभएकालाई डकुमेन्ट बनाएर खर्च गराउने कुरा नियन्त्रण हुन जरुरी रहेको उनको भनाइ छ ।

निजी अस्पताल र मेडिकल कलेजलाई अब स्वास्थ्य बीमा नदिने कुरामा राज्यले धारणा बनाइसकेको बताउँदै उनले भने, ‘स्वास्थ्य बीमा नभई नहुने कार्यक्रम हो । तर सही ढंगबाट भइसकेको छैन, धेरै कुरा हामीले सुधारेर जानुपर्ने स्थिति छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?