National life

पाँच महिनामा निर्जिवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन १५ अर्ब ७२ करोड,कसको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
1KShares
पाँच महिनामा निर्जिवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन १५ अर्ब ७२ करोड,कसको कति ?
ncell

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो आवको सोही अवधीमा एक अर्ब ५९ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको थियो । निर्जीवन बीमा व्यवसाय गत वर्षको तुलनामा यो अवधिसम्ममा १.६१ प्रतिशतले घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालू आवको पाँच महिनासम्म सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले १ अर्ब ९९ करोड रुपैयाँ प्रिमियम संकलन गरेर पहिलो श्रेणी कायम गरेको छ । त्यस्तै, दोस्रो बढी प्रिमियम संकलन गर्ने सिद्धार्थ प्रिमियर छ । कम्पनीले मंसिर महिनासम्ममा कुल १ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी एक अर्ब ५ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कूल एक अर्ब ३९ करोड ५३ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गर्दा तेस्रो स्थानमा रहेको आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक अर्ब ३८ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

पाँच महिने अवधीमा नेको इन्स्योरेन्स कम्पनीले एक अर्ब ३३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्दा एनएलजी इन्स्योरेन्स कम्पनीले एक अर्ब एक करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, सानिमा जिआईसीले ९६ करोड बीमा शुल्क संकलन गरेको छ भने प्रभु इन्स्योरेन्स कम्पनीले ८४ करोड, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ७२ करोड, राष्ट्रिय बीमा कम्पनीले ५२ करोड नेपाल इन्स्योरेन्स कम्पनीले ६१ करोड र नेशनल इन्स्योरेन्स कम्पनीले ५१ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

बृद्धिदरको आधारमा सबैभन्दा उच्च प्रभु इन्स्योरेन्स कम्पनीको देखिएको छ । सो कम्पनीको समग्र व्यवसाय ३९.०९ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले २६.५६ प्रतिशतले प्रिमियम बढाएको छ भने नेशनल इन्स्योरेन्सले २३.७८ प्रतिशतले बृद्धि गरेको छ ।

यसका साथै ओरियण्टलले २३.३३ प्रतिशत, सानिमा जीआईसीले १६.५३ प्रतिशत, एनएलजीले ८.३५ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ६.९७ प्रतिशत, नेकोले ४.२६ प्रतिशत र शिखरले २.४१ प्रतिशतले व्यवसाय बढाएका छन् ।

यता पाँच वटा कम्पनीको व्यवसाय भने खस्किएको छ । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको ५३.५५ प्रतिशतले घटेको छ ।यसका साथै सिद्धार्थ प्रिमियरको १८.८५ प्रतिशत, युनाइटेड अजोडको १४.०६ प्रतिशत, नेपालइन्स्योरेन्सको ६.८८ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४.४३ प्रतिशतले घटेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?