काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले दाबी बापतको रकम भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीको जावलाखेल स्थित शाखाले पुस २४ गतेका दिन १० लाख ४२ हजारको दाबी भुक्तानी गरेको हो ।
कम्पनीले दिएको जानकारी अनुसार मृतक बीमित राधेश्याम खड्काले सन् २०२२ मार्च २२ मा १० लाखको बराबरको बीमा गरी पहिलो किस्ता बापत ८५ हजार मात्रै बुझाएका थिए । खड्काको १ वर्ष नबित्दै ब्रेन हेमरेजका कारण मृत्यु भएको थियो।
बिमीत खड्गाको मृत्युपछि कम्पनीले बीमितको दाबी भुक्तानी प्रकिया पुरा गराएर मृतककी श्रीमती अम्बिका खड्का र निजको छोरालाई समेत सँगै राखि १० लाख ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

































