National life

करेक्सन हुँदै अघि बढेको शेयर बजारले मात्र स्थायित्व प्रदान गर्दछ: राजन लम्साल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ फागुन २०८१, शुक्रबार
939Shares
करेक्सन हुँदै अघि बढेको शेयर बजारले मात्र स्थायित्व प्रदान गर्दछ: राजन लम्साल
ncell

काठमाडौँ । यस अगाडि लगातार नौ दिनसम्म बढेको शेयर बजारमा फेरि निरन्तर गिरावट आएको छ । बजारमा आएको निरन्तरको ओरालो यात्राले आम लगानीकर्तालाई अन्योलमा पारेको छ । यसो त बजारको गिरावट कति आवश्यक हो ? शेयर बजारको आगामी यात्रा कस्तो होला ? लगायतका विषयमा आर्थिक भ्वाइसले शेयर लगानीकर्ता राजन लम्साललाई सोधेको छ । प्रस्तुत छ लम्सालको धारणा ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयर बजार सुस्त हुने क्रमले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबारका दिन कारोबार १० अर्ब १० करोड रुपैयाँमा खुम्चिएको छ । बजार लगातार चौथो दिन घटेसँगै लगानीकर्ताको अन्यौलता आउनु स्वाभाविक कुरा हो । तर यो आवश्यक थियो ।

बजार लगातार उर्लिएको खण्डमा दुर्घटना हुने जोखिम पनि उत्तिकै हुन्छ । लगातार नौ दिन बढेको बजारमा दश दिनमा आएर करेक्सन आयो ११औँ दिनमा आएर झन् राम्रो करेक्सन आयो त्यसपछि पनि यो क्रम रोकिएन यसकारण लगानीकर्ता झस्किए कि बजार फेरि गिरावट सुरु भयो भनेर तर प्रस्ट हुनुपर्ने कुरा के हो भने बजार लगातार बढेकै कारण घटेको हो यो निकै सुन्दर पक्ष हो । यसले थप बजार बढाउन सहयोग गर्छ ।

बजारमा आएको गिरावटले करेक्सनको चक्र सकिएको संकेत गरेको मैले बुझेको छु । बिस्तारै सेलिङ प्रेसर कम हुँदै गएको कारण बजारले बढोत्तरीको सुरुवात गर्ने छ । अहिले एकै पटक लगातार बजार बढेको कारण नाफा बुक गर्नेको संख्यामा तीव्र वृद्धि आएको थियो त्यो क्रम बिस्तारै सकिएको छ यसकारण बजारले फेरि निरन्तर रूपमा लय समाउने संकेत देखिन्छ।

यद्यपि, बजारको बारेमा अनुमान लगाउने मात्र हो, ठोकुवा गर्न भने सकिँदैन । अब आइतबारको बजारबाट नेप्सेको आगामी गतिका सुधार आउने आँकलन गर्न सकिने प्रशस्त आधार तय भएको छ ।

बजार नियमित र स्वाभाविक प्रक्रिया अनुसार नै करेक्सनमा गएको हो। अन्य कुनै घटना वा प्रभावका कारण घटेको होइन । यसअघि बजार २ सयभन्दा बढी अंकले बढ्यो । छोटो अवधिमै राम्रो नाफा भएकाले ट्रेडरहरुले बेचेका हुन् । यही कारण बजारमा सामान्य सप्लाई आएको हो । करेक्सन देखिएको बजारले फेरि हाइट लिने कुरामा कुनै शंका हुदैन् ।

नाफामा बेचेकाहरू फेरि बजार प्रवेश गर्नका लागि समय कुरेर बसेका हुन्छन् । यता, घटेको बेला धेरैजसो लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा रहनुले पनि कारोबार रकम प्रभावित भएको हो । बजारले नयाँ उचाइ तय गर्नका लागि बेलाबेलामा करेक्सन जरुरी हुन्छ भन्ने हामीले भुल्नु हुँदैन। करेक्सन हुँदै अघि बढेको बजारले मात्र सस्टेन गर्न सक्छ भन्ने मेरो बुझाई हो । त्यसो त समग्रमा बजार बुल रनमै रहेको छ। बजार अघि बढ्नका लागि धेरै कुराहरूले सपोर्ट गरिरहेको देखिन्छ ।

यसअघि कसिएका नियमहरू पनि क्रमशः खुकुलो पार्ने काम भइरहेका छन् । आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक देखिएको छ । बैंक ब्याजदर निकै तल्लो विन्दुमा आएको छ। प्रणालीमा अधिक तरलताको अवस्था छ । यसले सेयर बजार माथि लैजान ठूलो भूमिका खेल्ने विश्वास छ ।

हुन त राम्रा स्किप्टहरु अहिलेपनी बजारमा बढेको स्थिति छैन । अहिले सीमित स्किप्टहरु मात्रै बढेको छ। बैंक बीमा र हाइड्रोहरू अझै चलायमान हुन सकेका छैनन् समग्रमा राम्रा स्टक बढ्नै बाकी छ । यो बजार बढ्ने सिजन नै हो हामी निराशा हुने र पलायन हुने अवस्था छैन । यो समय थप लगानी गर्ने र राम्रो स्किप्ट खोज्ने समय हो भन्ने मलाई लाग्दछ ।

आम लगानीकर्ताहरूले सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका फन्डामेन्टल कम्पनीहरूमै लगानी केन्द्रित गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
939SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?