National life

किन खस्किँदो छ शेयर बजार ! गभर्नर बहिर्गमनको पर्खाइ हो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ माघ २०८१, आइतबार
885Shares
किन खस्किँदो छ शेयर बजार ! गभर्नर बहिर्गमनको पर्खाइ हो ?
ncell

पछिल्लो केही समययता शेयर बजारमा देखिएको अन्यौलताले आम लगानीकर्तालाई पर्ख र हेरको अवस्थामा खुम्च्याएको देखिएको छ । एक कारोबारका दिन बजार सामान्य रूपमा बढेपनि अर्को कारोबार दिन उसैगरी घट्नुले आम लगानीकर्ताको मनोविज्ञानमा अन्यौलता सिर्जना गरेको छ । 

पुस महिनाभरि ओरालिएको बजारले माघ १५ को नजिक पुगिरहँदा समेत खासै सुधारको बाटोमा नदेखिँदा आम लगानीकर्ता निराशामा धकेलिएको देखिन्छ । तथापि बजारमा साँच्चिकै गिरावट मात्रै आउने हो त ? वा सुधार देखिने हो भने पनि कहिलेदेखि वा कुन कुन कारण बजार लयमा आउन सकेको छैन ? आर्थिक भ्वाइसले शेयर विश्लेषक राजन लम्साललाई सोधेको छ । प्रस्तुत छ लम्सालको धारणा

पहिलो कुरा त पुस महिनाको क्लोजिङसँगै बजारले सुधारको बाटो तय गरेको छ यसकारण बजार निराशा भित्रै छ भन्ने आधार यहीबाट मेटिन्छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अर्को भनेको पुस समन्तको चापमा परेको बजार निरन्तर ओरालो लाग्दा आम लगानीकर्तालाई निराशा छाएको साचोे हो तर अब त्यो बिस्तारै सुधारको यात्रामा परिणत भएको छ ।

बजारमा यस पटकको सुधारको यात्रा बडो रहरलाग्दो हुने आकलन मैले गरेको छु । किनकि अन्य  समयको जस्तो ह्वात्तै बढ्ने र स्वाट्टै घट्ने अवस्थाको सृङ्खलामा हाम्रो बजार जाने अवस्थाको छैन । यस पटक सामान्य रूपमा र निरन्तर रूपमा बजार बढ्ने प्रक्रियामा बजार देखिन्छ । हो-हल्ला गर्ने गरी पनि होइन र बढ्दै नबढ्ने पनि होइन बिस्तारै, आफ्नै लयमा, ठ्याक्कै भन्दा कछुवाको यात्रा जस्तै ।

यस्तो हुनु पछाडिको केही मुख्य कारणहरु छन् जस्तो कि पहिलो त लिक्वटिमा बैंकहरुमा  अत्यधिक  चाप परेको देखिन्छ । बेसरेट, ब्याजदर घटेको अवस्था छ । लोन लिनका लागि निकै सजिलो भएको छ । यसकारणले लगानीकर्ता बिस्तारै लोनमा आकर्षित हुने अवस्था बनेको छ । बजारमा पैसा आएसँगै डिमाण्ड पनि सहजै बढ्न जान्छ।

अर्को भनेको अस्ति मात्रै दोस्रो क्वाटर रिपोट समेत आइसकेको छ । त्यो पनि राम्रो अवस्थामा आएको छ । बैकिङक्षेत्र जति भयावह हुन्छ भन्ने लागेको थियो त्यस्तो हुन सकेन हामीले अपेक्षा राखे अनुसारकै आएको छ । अन्य क्षेत्र पनि निराशाको अवस्थामा देखिँदैन अर्थतन्त्रको समग्र क्षेत्र ग्रोथ हुन लागेकै देखिन्छ  यसकारण बजारले सुधार र बढोत्तरीकै यात्रामा जान्छ भन्ने आधार बनेको छ ।

अहिले अधिकांश कम्पनीको साधारण सभा सम्पन्न भइसकेको छ भने धेरै कम्पनीले शेयर धनीको खातामा लाभांश पनि पठाउन थालिसकेका छन् । यस्तै, सूचीकृत कम्पनीहरूको दोस्रो त्रैमासको वित्तीय विवरण पनि धेरैको आइसकेको छ।

अब बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारलाई माथि तिरै लैजान बल गर्ने देखिन्छ। यस्तै, लामो समयसम्म बजार घट्दा सेयर मूल्यहरू सस्तो भएका छन् । यसले पनि क्रेताहरू आकर्षित गराएको अनुमान गरिएको छ।

यता, सरकारले हालै अध्यादेशमार्फत संशोधन गरेको लगानीसम्बन्धी कतिपय नीतिहरूका कारण निजी क्षेत्र निकै उत्साहित देखिएको छ । त्यसो त बजार एकोहोरो ढङ्गले बढ्ने वा घट्ने मात्र गर्दैन। बढ्दो क्रममा रहेको बजारमा पनि पटक पटक करेक्सन र साइडवेजका चरणहरू हुने गर्छन् ।

अर्को भनेको राजनीतिक अफवाह पनि हो । बजारमा चलाइएको सरकार परिवर्तनको हल्लाले समेत लगानीकर्तालाई अस्थिर र बेचैन बनाएको थियो । तर यो समस्याको समेत समाधान भएको छ । अफवाह? दूर भएको छ भन्ने लाग्छ । यसको हल्लाको कारण पुस महिनाभरि बजार पुरै निराशामा बित्यो तर यो अनिश्चितता केही होइन रहेछ भन्ने पुष्टि भइसकेको छ यसले लगानीकर्ताको मनोवैज्ञानिक अवस्था बलियो भएको देखिन्छ ।

अर्को महत्त्वपूर्ण विषय भनेको यसको सिजनल विषय पनि हो । किनकि पुस माघको बजार जहिले पनि घाटाको बजार हो । वा त्यति धेरै उत्साह आउन सक्दैन । किनकि असोज, कार्तिक र मङ्सिरमै कम्पनीहरुले लाभांश निश्चित गरेर पुससम्म वितरण गरिसकेका हुन्छन् , बुक क्लोज गरिसकेका हुन्छन् । यस कारणपनि सबै कम्पनीबाट अपेक्षा गर्ने ठाउँ रहदैन् । तर माघको सुरुवातसँगै  कतिपय कम्पनीहरुले लाभांश दिएको हुन्छ । त्यो खातामा जम्मा हुन्छ र बजारमा सप्लाइको क्वान्टिटी बढ्न जान्छ । यसलाई सेटल गर्नका लागि पनि पुषको मध्य भागदेखि माघसम्मको बजारमा अवस्था यस्तै हो । रफ्तार यही हो भन्ने लाग्छ ।

माघ लागेसँगै बजारले सुधारको यात्रा पक्रेको छ । बजार नजानिँदो ढङ्गले १०,१५ बिन्दु हुँदै अगाडि बढ्ने निश्चित देखिन्छ । मैले माथि भनेझैँ चमत्कारिक रुपमा हैन कि आफ्नै लयमा यही लयमा बजार अगाडि बढ्ने निश्चित छ ।

अन्तिम तर महत्त्वपूर्ण भनेको लगानीकर्ताले राष्ट्रबैंकको गभर्नरको बहिर्गमन पनि कुरेको हो कि भन्ने लाग्छ मलाई । गभर्नरले बजारलाई अगाडि बढ्नै दिएनन्, बजारको घाटी नै अँचेटिदिए भन्ने लगानीकर्ताको गुनासो छ । यहाँको बहिर्गमनसँगै आगामी आउने गभर्नरले बजार केन्द्रित नीति ल्याउँछ कि, बजारको चिन्ता गर्ने पो आउँछ कि भन्ने आम लगानीकर्ताको मनोविज्ञान बनेको छ यसकारणपनि बजार बिस्तारै अगाडि बढेर जानुको अर्को विकल्प हुन सक्दैन ।

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?