National life

“नयाँ गभर्नरले पोलिसीमा रिभाइज गरेमा पुँजी बजारले ३२०० असार मसान्तसम्म पार गर्न सक्छ”

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ वैशाख २०८२, शनिबार
1.3kShares
“नयाँ गभर्नरले पोलिसीमा रिभाइज गरेमा पुँजी बजारले ३२०० असार मसान्तसम्म पार गर्न सक्छ”
ncell

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२ को आरम्भसँगै नेपालको शेयर बजारमा सुधारको संकेत देखिएको छ । लामो समयदेखि २५ सयदेखि २८ सयको दायरा वरपर रहेको नेप्से परिसूचकमा बढोत्तरी आउन थालेको छ । बैंकिङ प्रणालीमा हाल ब्याजदर ऐतिहासिक रूपमै न्यून विन्दुमा झरेको छ। निक्षेपमा आकर्षण कम हुँदै जाँदा, धेरैजसो लगानीकर्ता शेयर बजारतिर आकर्षित भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसमाथि तरलताको प्रशस्त उपलब्धताले गर्दा बैंकहरू धितो कर्जामा झनै सक्रिय बनेका छन्। यसले व्यक्तिगत र संस्थागत लगानीकर्ताहरूलाई सहज रूपमा सस्तो ब्याजदरमा कर्जा लिएर सेयर किन्न प्रेरित गरिरहेको छ ।

यद्यपी बजारको गति र कारोबारको स्थितिलाई ठिक ढङ्गले आकलन गर्न नसकेकै कारण लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । नयाँ गभर्नर र लगानीकर्ताको अपेक्षा , शिथिल अर्थतन्त्र र पुँजी बजारको  सम्बन्ध,लगानीकर्ताको अस्थिरता माथि सुझाव तथा पुँजी बजारको गति प्रक्षेपण लगायतका बिषयमा आर्थिक भ्वाइसले शेयर विश्लेषक तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाललाई सोधेको छ । प्रस्तुत छ ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश ।

वर्ष फेरिएसँगै पुँजी बजार बढ्नुको अर्थ

बजार कहीँ न कहीँ गएर बढ्नु नै पर्थ्यो । झापाको केचनाकवल नेपालको होचो ठाउँ भएझैँ नेपालको पुँजी बजार अहिले एकदमै तल्लो लेभलमा छ । त्यसमा दुई मत नै भएन ।  बैंकमा प्रशस्त मात्रामा तरलतामा छ । हाल बैंकहरुमा ७/८ प्रतिशतमा ब्याज पाइन्छ । हामीले लगानी गरेको ९ महिना भइसक्यो । अबको ३/ ४ महिनामा प्रतिफल आउने बेला पनि भएको छ । राष्ट्र बैंकले नयाँ गभर्नर पनि पाउँदै छ । पहिलेदेखि नै पुँजी बजार बिगारेको भनेको नीतिगत कुराले हो ।

नयाँ आउने गभर्नरले नीतिगत कुरालाई पुनरावलोकन गर्नुहुन्छ भन्ने छ । पुराना गभर्नरले कति गर्न सक्नुभयो, कति कुरा बाँकी राखेर जानुभयो । त्यसैले लगानीकर्ताहरूले अब आउने गभर्नरबाट आशा राखेका छन् । सरकारमा पनि दुई ठुला दल छन् । बजार नबढ्नुपर्ने कारण केही पनि देख्दिनँ । चैत मसान्त सकिएको छ । लगानीकर्तालाई तीन महिना फ्रि भयो । अब पुँजी बजारले लय समातेको छ । अमेरिकाले ठुला देशमा लगाएको ट्यारिफ नेपालका लागि निर्यात सुधार्ने अवसर र सम्भावना बनेर आएको छ ।

 शिथिल अर्थतन्त्र र पुँजी बजारको सम्बन्ध

पुँजी बजार बढेर जाने थुप्रै आधारहरू छन् । यसकारण यो दुई बिच गहिरो सम्बन्ध हुने नै भयो ।  हिजो डढेलो लागेको जङ्गलमा नयाँ मुना पलाउने हो । अर्थतन्त्र हिजो खराब थियो भनेर सधैँ खत्तम भएर बस्न छुट छैन । अर्थतन्त्रमा वृद्धि हुँदै गएको छ । बिस्तारै सुध्रिँदै गएको छ। पर्यटन, जलविद्युतको क्षेत्रमा विकास भइरहेको छ । सधैँ भरि अर्थतन्त्र खत्तम छ भनेर बसिरहन हामीलाई छुट छैन । अबका नेताहरूले ध्यान दिने भनेको आर्थिक क्रान्तिमा नै हो । कृषि, हाइड्रोपावर, पर्यटन क्षेत्रमा हो । पूर्वाधार पनि बिस्तार भइरहेका छन् ।

नयाँ गभर्नर र लगानीकर्ताको अपेक्षा

नयाँ गभर्नरबाट ठूलो आशा छ । बैंकमा प्रशस्त मात्रामा पैसा छ । तर लगानी हुन सकेको अवस्था छैन । अर्थतन्त्र बिग्रिएको अवस्थामा छ । नयाँ आउने गभर्नरले अर्थतन्त्रलाई चलायमान गराउने किसिमको मौद्रिक नीति ल्याउनुहुनेछ भन्ने आशा छ । पुँजी बजारमा रिस्क वेटेज र क्यापका कुरा हटाउनुहुनेछ भन्ने आशा छ । बैंक र वित्तीय संस्थामा पैसा छ तर लगानी गर्न सकेको छैन । राष्ट्र बैंकले गर्ने कुरा नै यिनै हुन् । अन्य कुरा त धितो पत्र बोर्डसँग हुन्छ पुँजी बजारका कुरा । २०७८ साल भाद्र ८ गते आएको पोलिसीमा पुनरावलोकन हुन्छ भन्ने आशा छ । एकदमै आशावादी छु । सयमा सय प्रतिशत नै आशावादी छु ।

लगानीकर्ताको अस्थिरता माथि सुझाव

लगानी गर्दा सचेत भएर लगानी गर्नु पर्छ । मूल्य बढ्दा हौसिने र गिरेपछि आत्तिने गर्नुहुँदैन । पुँजी बजारमा लगानी गर्नेले धैर्यता राख्नुपर्छ । धैर्यता गुमाइएन भने कमाउन सकिन्छ । पुँजी बजारमा एक दिन बढ्दैमा ओहो मैले त संसारै पैसा कमाए भनेर उफ्रिँदै हिँड्नु भएन । एक दिन घट्दैमा सबै सकिने पनि होइन । धैर्यता र संयमता राख्नुपर्छ । आज रोपेको बिरुवाले त फल दिन छ महिना वा वर्ष दिन लगाउँछ । पुँजी बजार पनि त्यस्तै हो । धैर्यता गुमाउनु हुँदैन । आजको भोलि नै प्रतिफल आइहाल्छ भन्ने सोच राख्ने हो भने दुःखदायी अवस्था आउँछ । लगानीकर्ताले सुझबुझका साथ लगानी गर्ने हो भने पीडादायी अवस्था आउँदैन । आफू सचेत हुनुपर्छ ।

पुँजी बजारको गति प्रक्षेपण 

मार्केट भर्खर बढ्दै छ । कहाँ पुग्छ भनेर तत्काल भन्न सकिँदैन । तर लय भने समातेको छ। नयाँ आउने गभर्नरले पोलिसीमा पुनरावलोकन गर्नुपर्छ । उहाँले हामीले भनेका कुरा रिभाइज गर्नुभयो भने पुँजी बजारले पुरानो ३२०० को सूचकांक आगामी असार मसान्तसम्म पार गर्न सक्छ । त्यसका प्रशस्त आधारहरू छन् । बैंकमा पैसा छ । तरलता छ । यो बेलामा पनि पुँजी बजारमा लगानी नगरे कहिले गर्ने हो र ?

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?