काठमाडौं । पितृसत्तात्मक सोचबाट ग्रसित नेपाली समाजमा अहिले पनि पुरुषको तुलनामा महिलालाई कमजोर नै ठान्ने गरिन्छ । तर पर्वतमा जन्मिएकी जैसरा शर्मा पंगिनीले भने आफूलाई एक सक्षम तथा सबल महिलाको रूपमा चिनाउन सफल भएकी छिन् । उनले बीमा अभिकर्ता क्षेत्रमा काम गर्दै गर्दा आफूलाई सफल महिला अभिकर्ताको रूपमा चिनाउन सफल भएकी हुन् ।
लाइफ इन्स्योरेन्स कर्पोेशन एलआईसी (नेपाल)बाट बीमा अभिकर्ता क्षेत्रमा प्रवेश गरेकी जैसरा हाल नेपाल लाइफको सिनियर एजेन्सी म्यानेजरको रूपमा कार्यरत छिन् ।

प्रधानाध्यापकको जागिर छाडेर बीमा अभिकर्ता
तर बिस्तारै बीमाको बारेमा बुझ्दै गएपछि भने उनले आफूलाई पूर्ण रूपमा यसै पेसामा समर्पित गर्ने निर्णय गरिन् । र सफल पनि भइन् । अहिले भने उनले अभिकर्ता पेसालाई सर्वोत्कृष्ट पेसाको रूपमा परिभाषित गर्ने गरेकी छिन् ।
जिन्दगीको लडाइँमा हारको डर नमानेर अघि बढेकी जैसरा, हारिन्छ भनेर कुनै लडाई नै नलडेपछि जीत पनि सम्भव छैन भन्ने मान्यता राख्छिन् ।
बीमा इतिहासमा एमडिआरटीमा प्रवेश गर्ने पहिलो नेपाली व्यक्ति
यस्तै जैसरा नेपालको बीमा अभिकर्ता इतिहासमा एमडिआरटीमा प्रवेश गर्ने पहिलो नेपाली व्यक्ति पनि हुन् । सन् २०१३ मा पहिलो पटक एमडीआरटी बनेकी जैसराले यस वर्ष मात्रै जीवनभरिको लागि एमडीआरटीको उपाधि समेत प्राप्त गरेकी छिन् । जुन उपाधि प्राप्त गर्नका लागि लगातार १० वर्षसम्म एमडीआरटी बनेको हुनुपर्छ ।
पहिलो पटक एमडीआरटीको विश्व सम्मेलनमा जैसराको अनुभव

‘पछि मैले अर्को वर्षको एमडीआरटी सम्मेलनको समारोहमा जसरी भए पनि भाग लिने अठोट लिए । अठोट गरेर काम गरेपछि जे कुरामा पनि सफल हुन सकिँदो रहेछ । अर्को वर्ष पनि म एमडीआरटी बन्न सफल भए । र अमेरिकाको ओरिल्याण्ड सहरमा आयोजना हुने समारोहमा जान पाउने भए ।’ उनले अगाडी थपिन्, ‘यस पटक भने मैले अमेरिका जानुभन्दा पहिले नै सबै तयारी पुरा गरिसकेको थिए । त्यसकारण सम्मेलनमा सजिलै भाग लिन पाए । जहाँ विश्वभरका १३ हजार सफल अभिकर्ता र अग्रजहरूको सहभागिता थियो । नेपालबाट प्रतिनिधित्व गर्दै उक्त बिश्वमञ्चमा सहभागी हुन पाउँदा म निकै खुसी भएको थिए ।’

उनका अनुसार छिमेकी मुलुक भारत बाट नै पनि करिब ३–४ सयको सङ्ख्यामा अभिकर्ता सहभागी भएको अवस्थामा नेपालबाट उक्त समारोहमा भाग लिने उनी मात्र एक जना थिइन् । जहाँ उनले नेपालको झन्डा गर्वका साथ उचालिन ।
यो सम्मेलनमा आफूले भाग लिएर नेपालको बीमाक्षेत्रलाई विश्वसामु पुर्याउनमा भूमिका खेलेको उनको भनाई छ । यस्तै विश्वले बीमा क्षेत्रमा गरिरहेको प्रयास र अनुभवबाट आफूले पनि केही सिक्ने र सिकाउने अवसर समेत प्राप्त गरेको उनले बताइन् ।

जैसराको शब्दमा बीमा र अभिकर्ताको परिभाषा
सुरुमा बीमाबारे आफैलाई धेरै जानकारी नहुँदा यसबारे अरूलाई बुझाउन पनि समस्या भएको भन्दै सफल अभिकर्ता बन्न धैर्यता र मिहेनत आवश्यक पर्ने उनले सुनाइन् । आफूले धेरै मिहेनत तथा सङ्घर्ष गरेकाले नै आज यो स्थानसम्ममा पुगेको उनको भनाई छ ।
अभिकर्ता पेसाले दिएको सफलता र यसबाट हुने कमाइप्रति सन्तुष्ट रहेकी जैसराले आत्मविश्वास, धैर्यता र निरन्तर रूपमा लागिरहे जोकोहीले पनि सफलता प्राप्त गर्न सक्ने बताइन् । उनका अनुसार बीमा अभिकर्ता बन्ने मानिसले आम मानिसको विश्वास भने कायम गर्नुपछ ।
‘अभिकर्ता मिहिनेत र लगनशील हुनुपर्छ । यस्तै अभिकर्ता बन्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको इमानदारिता हो ।’ उनले भनिन् ।
जैसराको नजरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमितले पाउने वोनसदरका साथै ग्राहक सेवा समेत छिटोछरितो र सजिलो भएको जैसराको भनाइ छ । एमडीआरटीले आफूलाई धेरै कुराहरू सिकाएको भन्दै उनले आगामी दिनहरूमा बीमा क्षेत्रको विकासका लागि आफूले धेरै कामहरू गर्ने सोच बनाएको जैसराले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा सुनाइन् ।

































