National life

पौष मात्रै सकिएको होइन शेयर बजारको निराशा पनि सकियो: लगानीकर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ पुस २०८१, सोमबार
1KShares
पौष मात्रै सकिएको होइन शेयर बजारको निराशा पनि सकियो: लगानीकर्ता
ncell

काठमाडौं ।  आज पौष २९ गते यस महिनाको अन्तिम दिन, महिना सकिएसँगै शेयर बजारको यात्रा कस्तो रहला भन्ने आम लगानीकर्ताको चासो र चिन्ताको विषय बनेको छ। बजारका लागि आवश्यक सबै टुल्सहरु उपयुक्त भए पनि बजारले अपेक्षा अनुरूपको सुधार देखाउन नसक्दा पौष महिना भरी आम लगानीकर्तामा नैराश्यता कायम भएको छ ।

पौष महिनाको अन्तिम कारोबारका दिन दोहोरो अंकले बजार घटेसँगै माघ महिनामा यहीक्रम दोहोरिन्छ वा बजारले गतिमा फेरबदल आउँछ भन्ने विषयमा आर्थिक भ्वाइसले केही लगानीकर्ताहरूलाई सोधेको छ । प्रस्तुत छ उनीहरूको धारणा

छोटेलाल रौनीयार 

महिना फेरिनु भनेको शेयर बजारको कुनै बाधक कुरामा फेरबदल हुनु त होइन तर आगामी माघ महिनामा पौषको जस्तो लगानीकर्ताका लागि निराशाको महिना हुन्छ भन्ने मलाई लाग्दैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
किनकि पौष महिनामा बजारका केही बाधक पक्कै थिए ती कुरा महिनासँगै सकिएका छन् यसकारण पनि बजारले सुधारको यात्रा तय गर्छ भन्ने प्रशस्त कारण छ ।

पहिलो कुरा त यहाँले भनेझैँ बैंकमा पनि यहाँ भन्दा बढी ब्याजदर घट्ने ठाउँ छैन । बजारको बाधक ब्याजदर मात्रै हैन यो त अघिल्लो महिनामा पनि समस्याको रूपमा थिएन । हाल बैंकको व्याजरेट पुनः घटेको अवस्था मा छ । अब बढ्ने ठाउँ पनि देखिदैन् । बैंकमा तरलता अधिक मात्रामा छ । मात्रै हाम्रो सन्तुलनमा नभएको केही पोलेसी र राजनीतिक हावादारी हुन यस बाहेक बजारलाई माथि लैजाने पर्याप्त आधार निर्माण भएको छ यस मानेमा पनि बजार बढ्छ भन्न सकिन्छ ।

अर्को भनेको पुष मसान्तको चाप सकिएको छ । पुसलाई फास न फुसको महिना पनि भनेर व्याख्या गरिन्छ यसले केही व्याजहरू तिर्नुपर्ने भएको कारणपनि लगानीकर्तालाई साघुरो पारेको थियो तर २,३ गतेबाट त्यो खुकुलो हुँदै जान्छ यसकारणपनि बजारले लगानी पाउने आधार छ । दोस्रो त्रैमासमा बैंकहरुको वित्तीय विवरण थप बिग्रिन सक्छ भन्ने त्रासले समेत लगानीकर्ता अलमल परेको अवस्था थियो त्यो पनि तरेको छ ।

ब्याजदर अहिले थप बढ्ने अवस्था छैन । समग्रमा अझै घट्दोक्रममै रहेको पाइन्छ। कर्जा प्रवाहको क्रम एकदम सुस्त छ। ब्याजदर सस्तो भइसकेको छ । अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारमा क्रमशः सकारात्मक प्रभाव पार्दै जाने संकेत हो भन्ने मेरो धारणा हो ।

एक वर्षको अवधिमा २० प्रतिशतले सेयर धितो कर्जा बढिसकेको छ । यो तथ्यांकले सेयर बजारमा सकारात्मक माहोल देखिन्छ भन्न सकिन्छ । लगानीका अन्य क्षेत्र संकुचित भएका छन् । तुलनात्मक रुपमा अरूभन्दा अहिले सेयर बजार नै चलायमान हुने संकेत देखिंदै छ। यही विश्लेषणका आधारमा लगानीकर्ताले सेयर धितो कर्जाको अनुपात बढाएका हुन सक्छन् । रियल स्टेट क्षेत्रले पनि गति लिन सकेको छैन । लगानीका अन्य क्षेत्र पनि खासै गतिशील भएको छैन ।

माघ लागेसँगै दोस्रो त्रैमासको वित्तीय विवरण आउन सुरु हुन्छ। दोस्रो त्रैमासमा सूचीकृत कम्पनीहरूको अवस्था कस्तो रहन्छ, त्यसले पनि  बजारको आगामी गति निर्धारणमा भूमिका खेल्छ महिनाको अन्तिम दिन वा अन्त्यतिर भएको कारणपनि अधिकांश ठुला तथा मध्यम स्तरका लगानीकर्ताहरू मसान्तको चापका परेका हुन्छन् उनीहरू कर्जाको साँवा–ब्याज र कर तिर्नतिर ध्यान दिनुपर्ने हुन्छ यसको असर बजारमा देखिन जान्छ तर अब २-३ गते पश्चात् क्रमबद्ध रूपमा बजारमा निरन्तर सुधार आउँछ भन्ने मेरो विश्वास हो।

अनलराज भट्टराई

अहिले बजारको लयलाई विशेष गरी दुई वटा कुराले प्रभाव पारेको थियो मनिटरी पोलेसीको अर्ध वार्षिक रिभ्यूको कारण त्यसको चाप जसको कारण बजारलाई केही हदसम्म डिटरमाइन गर्ने गर्दछ। त्यो समस्याबाट हामी मुक्त भएका छौँ । अहिलेको समयमा हेर्दा मार्केटका लागि उपयुक्त वातावरण निर्माण हुँदै गएको छ।

यहाँले भनेझैँ महिना सकिएसँगै शेयर बजारको गतिमा सुधार आउने केही बलियो आधार बनेको छ । हालको अवस्थामा ब्याजदर कम हुँदै गएको छ। शेयर बजार बाहेकका लगानी गर्ने ठाँउहरु समेत चलायमान हुन सकिरहेका छैनन् । यस्तै, बजारका लागी आवश्यक सबै टुल्सहरु सुधारको अवस्थामा छन्। यसकारण बजारले स्थिर रूपमा सुधारको बाटो समाउनुको अब विकल्प देखिदैन् ।

बजारको एउटा देखिएको कमजोरी भनेको कर्पोरेट अर्निङ राम्रो हुन सकिरहेका छैनन्। यसको कारणपनि आर्थिक गतिविधिमा देखिएको सुस्तता हो। यस बाहेक फण्डामेन्टली अन्य सबै टूल्सहरु बलियो बनेर अगाडि बढेको अवस्था छ। हाम्रो बजार अहिले मध्य भागमा अल्झिएको छ भन्ने मेरो आकलन हो किनकि एकातिर पर्याप्त लगानीयोग्य रकम छ, बैंकको ब्याजदर घट्दो छ फेरि अर्कोतर्फ भनेको कर्जा प्रवाह हुन सकेको छैन, अधिक तरलता कायम छ यसकारण बिचमा आर्थिक गतिविधि लयात्मक रूपमा अगाडि बढ्न सकेको छैन त्यसकारणपनि बजारले लय लिन सकिरहेको छैन कि भन्ने मेरो धारणा हो।

हाल जिडिपी ग्रोथ फस्ट क्वाटरको ३ प्रतिशत भन्दा माथि देखाइएको छ । सरकारले निर्धारण गरेको करिब ५० प्रतिशतको हाराहारीमा छ। यी सबै हिसाबले पनि बजारले गति लिने नै संकेत गर्दछ । आगामी यात्रा कसरी अगाडि जान्छ भन्ने यकिन हुने गरी बजारले लिड पाइरहेको छैन यद्यपि बढोत्तरी आउनुको अर्को बाटो देखिदैन् ।

बजारलाई प्रभाव पार्ने विभिन्न कारण छन् । सामान्यतया बजारमा आउने होहल्लाले लगानीकर्तालाई उचाल्ने र शिथिल बनाउने काम गर्दछ यसकारण हल्लाहरुपनि एक हो तर सरकार परिवर्तनले त्यतिविधि प्रभाव पार्न सक्दैन । पोलीसी निर्माता सम्बन्धित निकायले कस्तो नीतिगत व्यवस्था गर्दछन् भन्ने मात्रै मुख्य विषय हो । समग्रमा बजारले गति समाएर अगाडि जानुको विकल्प छैन ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?