National life

बीमा अभिकर्ता पेशाले परदेशी हुन जोगाएर बाच्ने र बचाउने यात्रामा हिँडाएको छ: पण्डित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० मंसिर २०८१, बिहिबार
1.9kShares
बीमा अभिकर्ता पेशाले परदेशी हुन जोगाएर बाच्ने र बचाउने यात्रामा हिँडाएको छ: पण्डित
ncell

काठमाडौँ । ‘अनिश्चितता मानिसको शत्रु होइन।’ रोमका एक जना महान् दार्शनिकले कुनै वेला भनेको यो कुरालाई कतिपय मानिसहरूले हलुका रूपमै लिने गरेका हुन्छन्। तर समय भन्दा अघि कसैले केही पनि प्राप्त गर्न सक्दैन भन्ने भनाइलाई पनि हामीले बिर्सिनु हुदैन् । धैर्यता नै जीवनको सफलताको चाबी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सङ्घर्ष र मिहिनेतसँगको धैर्यताले मानिसलाई सफलताको शिखरमा पुर्याउछ भन्ने कुरामा जनकपुरका लक्ष्मण कुमार पण्डित पनि विश्वास गर्ने गर्छन् । उनको भनाइलाई सापटी लिएर भन्ने हो भने, मिहेनत र धैर्यता मानव जीवनको ठुलो सम्पत्ति हो।

पूर्वी नेपालको धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १८ महुवा बस्ने पण्डित बि.स.२०३१ साल देखी सहकारीको क्षेत्रमा काम गर्दै आइरहेका छन्। यस्तै बि.स.२०४४ सालतिर देखि पण्डितले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रूपमा समेत काम गर्दै आइरहेका छन्। कुनै पनि काम गर्नका लागि लगनशीलता, धैर्यता र मिहेनत चाहिन्छ भन्ने मान्यता राख्ने पण्डितले सामाजिक राजनैतिक र आर्थिक क्षेत्रमा राम्रै सफलता प्राप्त गरेका छन्।

जसको श्रेय उनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई नै दिन चाहन्छन् ।

रारा बहुमुखी क्याम्पस जनकपुरबाट प्लस टु सम्मको पढाइ गरेका लक्ष्मण पण्डित कुमार अहिले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी जनकपुर शाखामा चिफ बिजनेस अफिसरको रूपमा काम गरिरहेका छन् । २०२७ सालमा जनकपुरमै जन्मेका पण्डितका एक छोरा र एक जना छोरी छिन्।  छोराछोरीको पढाइ खर्चदेखि लिएर घर खर्च समेत अभिकर्ता पेसाबाट नै कमाएको सुनाउने पण्डित अभिकर्ता पेसाबाट आफूले वार्षिक ४० देखी ५० लाख रुपैयाँ सम्म कमाउने गरेको बताउँछन्। पूर्ण रूपमा बीमा अभिकर्ता पेसामा लागि पर्ने हो भने पैसा कै लागि विदेश जानु नपर्ने उनको भनाई छ।

विदेशमा गएर ८ देखी १२ घण्टा खटिएर महिनामा ४०–५० हजार रुपैयाँ कमाउनु भन्दा नेपालमै अभिकर्ता बनेर दिनको २–३ घण्टा खटिएर काम गर्दा महिनामा ४०–५० हजार कमाइ सजिलैसँग गर्न सकिने उनले सुनाए। वित्तीय साक्षरता सँगै बीमाको बारेमा पनि खासै थाहा नभएको मधेस क्षेत्रमा आफुले अभिकर्ताको काम गर्दा धेरै मिहेनत र सङ्घर्ष गर्नुपरेको उनको भनाई छ। संसारकै सबैभन्दा गाह्रो काममध्येको एक बीमा अभिकर्ता पेसा भएको उनी सुनाउँछन् । तर यो पेसामा काम गर्दा आफ्नोसँगै अरूको पनि राम्रो हुने भएकोले बीमा अभिकर्ता पेसा गर्व गर्न लायकको पेसा भएको उनले सुनाए ।

यो पेसामा काम गर्ने व्यक्ति धैर्यवान् हुनुपर्ने उनी बताउँछन्।

तर जति धेरै मिहेनत उति धेरै सफलता भनेजस्तै बीमा अभिकर्ता पेसामा आबद्ध भएपछि आफूले पछाडि फर्केर हेर्नुपर्ने अवस्था भने नआएको उनको भनाई छ। नेपालको परिवेशमा अन्य धेरै क्षेत्रमा काम गर्दा पनि जोखिम बढी र उपलब्धि कम भए पनि बीमामा भने गर्ने र गराउने दुवै पक्षलाई फाइदा मात्रै हुने पण्डितको भनाई छ । सङ्घर्षका दिनहरूमा आफ्नो परिवारको आर्थिक अवस्था नाजुक भए पनि परिवार तथा साथीभाइको सहयोग सँगै आफ्नो मिहेनत र धैर्यताको उपज स्वरूप जनकपुरमै घर र काठमाडौंमा करिब २ करोड सम्म पर्ने सम्पत्ति नेशनल लाइफकै कारण जोड्न सफल भएको उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा सुनाए ।

उनका  अनुसार बीमा भनेको निम्न आय स्तर भएका व्यक्तिहरूले जीवनमा आइपर्ने विभिन्न किसिमका क्षतिको न्यूनीकरणसँगै आर्थिक बचत गर्ने माध्यम पनि हो । यस्तै श्रमिक तथा मजदुर क्षेत्रका मानिसहरूमा बीमाको धेरै भन्दा धेरै पहुँच पुराउनुपर्ने उनी बताउँछन् । ‘एक अर्काप्रतिको विश्वास सहित कुनै कुरामा संस्था र व्यक्तिबिचको करार नै बीमा हो ।’ उनी भन्छन् । बि.स.२०४४ साल देखी बीमा अभिकर्तामा जोडिएका पण्डित बीचमा विभिन्न कारणहरूले गर्दा यो पेसा वाट टाढिए पनि उनले फेरी २०७३ साल देखी नेशनल लाई इन्स्योरेन्समा नै यहीँ पेसा लाई निरन्तरता दिइरहेका छन्।

यस्तै उनले आस्था बचत तथा रिण सहकारी संस्था लि.नामक आफ्नै सहकारी समेत खोलेका छन् । उमेरले करिब ५ दशक पार गरिसकेका पण्डितले हालसम्म ७ देखी ८ सय मानिसहरूको बीमा गराइसकेका छन् । बीमा अभिकर्ता भएर काम गर्दै गर्दा उनले हालसम्म कम्पनीबाट धेरै प्रोत्साहन स्वरूप धेरै सम्मान तथा पुरस्कारका साथै दुवै देखि थाइल्यान्डसम्मको भ्रमण समेत गरिसकेका छन्। अभिकर्तालाई गर्नुपर्ने सम्मानमा कम्पनीले कुनै कन्जुस्याइँ नगरेको उनको भनाइ छ ।

उनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई नेपालकै नमुना इन्स्योरेन्स कम्पनीको रूपमा परिभाषित गर्छन् । यरु बीमा कम्पनीहरूभन्दा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी धेरै विश्वासिलो बीमा कम्पनी भएको उनको दाबी छ । यस्तै नेपालको हकमा अझै पनि धेरै मानिसहरू बीमाको बारेमा अनविज्ञ नै रहेकोले यसको बारेमा धेरै कुराहरू बुझाउनु जरुरी रहेको उनको भनाई छ ।

‘नेपाली समाजमा अझै पनि बीमा साक्षरता धेरै न्यून छ । पैसा लिएर भाग्छन् की अथवा मेरो पैसा डुब्छ की भननेजस्ता गलत धारणाका कारण कतिपय मानिसहरू बीमा गर्नबाट भाग्ने गर्दछन् । यस्तो अवस्थामा अभिकर्ता बनेर काम गर्न निकै कठिन भएकोले यस्तो भाष्यलाई चिर्न जरुरी रहेको उनी बताउँछन्। बीमा मानव जीवनको लागि अति महत्त्वपूर्ण कुरा भएकोले हरेक मानिसले अनिवार्य रूपमा बीमा गराउनुपर्ने उनको सुझाव छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?