National life

शेयर बजारमा किन देखियो उतारचढाव ? यस्तो छ अर्थविद् खनालको विचार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ माघ २०८०, मङ्गलबार
1KShares
शेयर बजारमा किन देखियो उतारचढाव ? यस्तो छ अर्थविद् खनालको विचार
ncell

पछिल्लो दुई हप्ताको शेयर बजारको अवस्थालाई हेर्ने हो भने बजारमा निकै उतारचढाव आएको देखिन्छ । 

यसरी शेयर बजारमा उतारचढाव आउने अवस्था अस्वाभाविक बन्न जाँदा लगानीकर्तामा उत्साह हराएको छ । ठुला घरानाका लगानीकर्ताले जाँगर बढाउन नसकेको वर्तमान समयमा निरन्तर बजारसँग जोडिएका लगानीकर्ता समेत थप अगाडि बढ्ने वा बजारबाट बिदा लिने भन्ने दोसाधमा अलमलिएको अवस्था देखिएको छ । वास्तवमा शेयर बजारमा किन यसरी विचलन आएको छ ? कारोबारले किन गति लिन सकेको छैन आर्थिक भ्वाइसले यस विषयमा अर्थविद् डिल्लीराज खनाललाई प्रश्न गरेको छ । प्रस्तुत छ अर्थविद् खनालको विचार  ।  
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर बजारमा घटबढ आउने ठुला ठुला कारण मात्रै हुन सक्दैनन् हामीले प्राविधिक रूपमा आउने समस्यालाई समस्या जस्तो मानिरहेका छैनौ , तर त्यही स–साना समस्या नै शेयर बजारमा उतारचढाव ल्याउने कारक तत्त्व हुन थालेका देखिन्छ।

सामान्यतया तपाई हामीलाई थाहा छ कि शेयर बजारमा कारोबार जति फराकिलो हुँदै जान्छ त्यति नै मात्रामा लगानीकर्ताले लगानीको दायरा पनि फराकिलो बनाउँदै जाने हो, लगानीकर्ताको दिमागमा एउटै प्रश्न हुन्छ बैंकमा पैसा नराखीकन सेयर बजारमा किन लगानी गर्ने ? कुनै त्यस्तो खास कारण बजारमा देखिनु पर्दछ जसले लगानीकर्तालाई मोह जगाउन सकोस् तर हाल बजारमा त्यस्तो कारणको जन्म हुन सकेको अवस्था छैन । यो साँचो हो तर बजार यसरी साँघुरो बन्नुको कारण नेपाली बजार मात्रै दोषी भने हैन शेयर बजारलाई विश्व बजारले समेत असर पार्दछ भन्ने कुरा हामीलाई स्मरण भइरहनुपर्दछ।

बैंकहरुले ब्याजदर घटाएसँगै कारोबार रकममा सुधार आउँछ भन्ने सबैको अपेक्षा थियो हुनुपर्ने पनि त्यस्तै थियो तर त्यसो हुन सकेको छैन त्यस्तो किन भएन भने यसमा केही खास कारणहरूले आन्तरिक रूपमा प्रभाव पारेको मान्न सकिन्छ। लामो समयसम्म बजार खराब यात्रामा चल्यो भने त्यसले आफ्नो गति सुधार गर्नाका लागि वा नयाँ रफ्तार लिनका लागी पनि आफूलाई निखारेको मान्न सकिन्छ ।

अर्को कारण बजारमा खेलाडीहरूको चलखेल पनि प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । पैसा आउटफ्लो भएको अवस्था पनि यसैमा आएर जोडिएको हुन्छ । कम्पनीको वेश नभएका तर उनीहरूको कारोबार उठाउन हचुवामा आईपीयो निष्काशन गर्ने एउटै खाले कम्पनीको गलत प्रविधिको कारण पनि बजारमा विचलनको स्थिति सृजना हुने गर्दछ ।

आम रूपमा विश्वास गर्न नसकिएका कम्पनीहरूले बजारमा इन्ट्री गर्दा त्यसको पोलेसी राम्रो नभएकै कारण पनि शेयर बजारमा अपेक्षा अनुसार कारोबार सुधार हुन नसकेको अवस्था देखिन्छ । बैंकको पुँजीगत अवस्था वा सरकारको पोलेसी खराब हुनुले समेत शेयर बजारमा प्रत्यक्ष रूपमा असर पारेको छ । त्यो सँगै पछिल्लो समयमा उद्योग धन्दामा आएको अपचलन आदी कारणले बजार सुधार हुन नसकेको मान्न सकिन्छ।

साताको पहिलो कारोबार बजार ह्वात्तै बढेजस्तो देखिने र लगानीकर्तालाई अब त बजार सुधार भयो क्यारे जस्तो बनाएर अर्को दिनबाट बढेको भन्दा दोब्बर मात्रामा बजार घट्ने यो जून किसिमको खरायो र कछुवाको खेल जस्तो बजारको खेल भइरहेको छ यसको एउटा कारण आम लगानीकर्तामा देखिएको आर्थिक मन्दी ,बजारमा पर्याप्त मात्रामा हुन नसकेको आर्थिक स्थिरता र खेलाडीको चतुर्याई पनि मान्न सक्ने आधार देखिएको छ ।

लगानीकर्तामा आत्मविश्वास बढाएर,बैंकहरुले पोलेसीको सुधार गरेर उत्पादन उत्पादकत्वमा जोड दिँदै पोलेसीलाई सुधार गर्न अत्यावश्यक छ । कागजी रूपमा स्टेटमेन्ट बनाएर मात्रै बैंक वा बजारको अवस्थामा सुधार हुनेवाला छैन लगानी बढाउनलाई पनि कहाँ लगानी हुँदै छरु लगानी गरेको क्षेत्र कस्तो छरु आम मानिसलाई प्रस्ट बनाउन आवश्यक छ ।

अब पनि जनताले नौटङ्कीलाई विश्वास गर्ने वाला छैनन् । यसै त हाम्रो बजार मन मर्जीको बजार भएको छ त्यसमा पनि उत्पादन र उत्पादकत्वसँग नजोडिने हो भने यसको आयु लम्बिने वाला छैन त्यस कारण अबको अर्थतन्त्रको आयु बढाउन लगानीको चौतर्फी वातावरण र उत्पादन मूलक क्षेत्र बिस्तार हुन अत्यावश्यक छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?