National life

शेयर बजारमा किन लगातार गिरावट ? विश्लेषक गिरीको नजरबाट तीन प्रमुख कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ वैशाख २०८२, बिहिबार
738Shares
शेयर बजारमा किन लगातार गिरावट ? विश्लेषक गिरीको नजरबाट तीन प्रमुख कारण
ncell

काठमाडौं। पछिल्लो समय शेयर बजारमा लगातार रूपमा गिरावट आएको छ । यस सातामा भएको ५ कारोबारमध्येमा चार दिन नै बजार ओरालो लागेको छ।  शेयर बजारको बाधक मानिने बैंक वित्तीय संस्थाको ब्याजदर सबैभन्दा तल्लो बिन्दुमा छ । बजारलाई प्रभाव पार्ने कुनै खास कारण पनि देखिँदैन तर पनि बजारमा लगातार गिरावट आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको कारण के हो किन बजार निरन्तर ओरालिँदै गयो आर्थिक भ्वाइसले नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक तथा विश्लेषक नीरज गिरीलाई तीन खास कारण बारे प्रश्न गरेको छ । प्रस्तुत छ गिरीको धारणा

राजनीतिक अस्थिरता

उहाँले भनेझैँ हाम्रो शेयर बजारको अभ्यास भनेको बैंक वित्तीय संस्थाको व्याजदर सस्तो हुँदै जाँदा वा तरलता बढ्दा शेयर बजारले उचाइ लिने गरेको थियो । हुनुपर्ने पनि यही हो तर अहिले त्यसको ठिक विपरीत भएको छ।

शेयर बजारका सबै आधार ठिक हुँदै गर्दा पनि बजारले उचाइ लिन सकेको छैन । त्यसको कारणमध्येको पहिलो राजनीतिक अस्थिरता नै हो भन्ने मेरो बुझाई छ ।

हाल चलेको विभिन्न आन्दोलन होस् वा सरकारप्रति बढेको अविश्वासको कारण लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । लगानीकर्ताको देखिएको त्रासले शेयर बजारमा सक्रियता घटेको पुष्टि गरेको छ । राजनीतिक अस्थिरता र सरकार परिवर्तनको हल्लाका बिच लगानीकर्ता आफ्नो लगानी नै अप्ठ्यारोमा पर्ने हो कि वा देशको राजनीतिक उथलपुथल कम भए मात्रै नियमित बजारमा फर्किनेबारे सोच बनाएको अवस्थामा छन्। हालको परिस्थितिले निकै ठुलो मात्रामा लगानीकर्ताको आत्मबल लुज गराउने काम गरेको छ यसकारण हाल बिना कारण पनि बजारमा ओरालो लाग्नुको गहिरो कारण नै राजनीतिक अस्थिरता हो भन्ने मेरो बुझाई छ ।

आर्थिक मन्दीको चाप 

हाम्रो देशमा कोभिडसँगै थला परेको आर्थिक मन्दीको प्रभाव कायमै छ । बढ्दो महँगी र कम आय भएको कारण लगानीकर्तामा त्यसको ठुलो असर परेको छ । बजारमा लगानी गर्ने भनेको आफ्नो दैनिक आवश्यकताहरू पुरा गरेर बचेको पैसा लिएर शेयर बजारमा लगानी गर्ने हो । मान्छे आफ्नो छाक नै कटाएर लगानी गर्ने भन्ने हुँदैन तर आर्थिक मन्दीको प्रभाव यति धेरै परेको छ कि मान्छेहरू छाक तार्नमै समस्या परेको छ । लगानीयोग्य रकमको अभाव छ । बजार भाउ चर्किएको छ । पहिलो प्राथमिकतामा बाच्नुसँग छ, दैनिकी गुजारा गर्नुसँग छ । यसकारण आर्थिक मन्दीको प्रभाव सिधै शेयर बजारमा आएर ठोकिएको छ । केही लगानी गर्ने क्षमता भएकाहरू राजनीतिक अस्थिरताको डरमा पर्ख र हेरको अवस्थामा छन् । नत्र भने अधिकांश लगानीकर्ता त लगानीकै अभावमा बजारमा भएको आफ्नो स साना शेयर समेत बेचेर दैनिक गुजारा तार्नेमा केन्द्रित भएका छन् । यसकारण शेयर बजार घट्नुको एउटा कारण बजारमा देखिएको आर्थिक मन्दी पनि हो भन्ने मेरो बुझाई छ ।

नयाँ लगानीकर्ताको प्रवेश

शेयर बजारमा नयाँ र अल्प ज्ञानी लगानीकर्ताको प्रवेशले समेत अस्थिरता ल्याउने काम गरेको छ । नयाँ लगानीकर्ता बुझेर वा सिकेर आएका हुँदैनन् उनीहरूको चाहाना भनेकै कम लगानी गर्ने र छोटो समयमा राम्रो नाफा कमाउने भन्ने हुन्छ । यस्तो लगानीकर्ताहरू अलिकति बजार घट्ने बित्तिकै विक्री गर्नेमा जोड दिन्छन् यसले बजारलाई स्थिर बन्न दिदैन् । नयाँ लगानीकर्तामा चुलबुलेपना ज्यादा हुने भएको कारण उनीहरू बजारमा स साना उतारचढाव आउने बित्तिकै निरुत्साहित बनेर बिक्री गर्नेमा जोड दिन्छन् यसकारण पनि बजारले निरन्तर ओरालो यात्रा तय गरेको छ ।

सारांशमा भन्ने हो भने भनेको देशको आर्थिक अवस्था कमजोर भएको अवस्था छ , व्यापार व्यवसाय हुन नसकेकै कारण आम मान्छे आर्थिक मन्दीको चापमा पिल्सिएका छन् । बैंकमा कर्जा लिने अवस्था नै छैन कर्जा लिएर लगानी गर्दा लगानी नै धरापमा पर्ने पो होकी भन्ने त्रास कायमै छ ।

देशको राजनीतिक अस्थिरता, आर्थिक मन्दीको प्रभाव र लम्बिँदै गएको गभर्नर नियुक्ति प्रक्रिया लगायतका कारणपनि मुख्य बनेको छ । पुँजी बजारमा बैंक वित्तीय संस्थाकै बाहुल्यता बढी छ । तर राष्ट्रबैंकले हाम्रो अर्थतन्त्रमा कति प्रभाव पार्ने रहेछ भन्ने अहिले प्रस्ट देखिएको छ।

आगामी गभर्नरले नीतिगत पोलेसीका विषयमा गम्भीर भएर सोच्नुपर्ने भएको छ । त्यस्तै, ४ ,१२ को नीति परिमार्जनको विषयले बजारलाई फाइदा नगरेको चर्चा उत्तिकै छ । बजारलाई राम्रोसँग बुझेको क्षमतावान् व्यक्ति आगामी गभर्नरको रूपमा आएर यी तमाम समस्यालाई सुष्म रूपमा अध्ययन गरेर समाधानको विकल्प खोज्न जरुरी छ भन्ने मेरो धारणा हो ।

यो समाचार शेयर गर्नुहोस्
738SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?