काठमाडौँ । तिहार सकिएसँगै सेयर बजारमा क्रमशः बढोत्तरी आउने सेयर विश्लेषक राजन लम्सालको भनाई छ । भोली अर्थात् मङ्गलवारबाट सेयर बजार नियमित सञ्चालनमा आउने छ । कार्तिक १४ गते बुधवारका दिन अन्तिम कारोबार भएको बजारले अब करेक्सनको यात्रा पुरा गरेको लम्सालको भनाई छ ।
आर्थिक भ्वाइससंगको कुराकानीमा लम्सालले भनेका छन् बजारले लगभग तिहार अगाडि नै आफ्नो चक्र पुरा गरिसकेको छ, बजारमा सुधार आउने बित्तिकै तिहार लाग्यो तिहार अगाडि केही नाफा बुक गर्नेहरूको कारणपनी बजारमा नैराश्यता कायम थियो तर अब त्यस्तो अवस्था छैन बजार घट्नुपर्ने कुनै कारण बाकी छैन यसर्थ बजारले सकारात्मक गति लिएर अगाडि बढ्ने थुप्रै आधार निर्माण गरेको उनको भनाई छ ।
'तिहार अगाडि सरकार ढल्ने एउटा हल्लाले समेत बजारलाई प्रभाव पारेको देखिन्थ्यो तर अब त्यो हल्ला पनि सकिएको छ भन्ने लाग्छ मलाई । अर्थतन्त्र शिथिलको धेरै कारण छन् तर अब हामीले त्यसलाइ मात्रै हेरेर त हुँदैन बजारलाई जति कन्फिडेन्ट चाहिएको हो त्यति पुग्दो त छैन तथापि हालको अवस्थामा अर्थतन्त्रमा सुधारको प्रयास भएको छ भन्ने लाग्छ , विशेषगरि शेयर बजारको हकमा सुधारको निमित्त राम्रो संकेत देखिको छ ।' लम्सालले भने
आउँदै गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा थप लचिलो हुनसक्ने अनुमान लगाउँदै व्यक्तिगत लगानीकर्तालाई सेयर कर्जामा कायम गरिएको सीमाका विषयमा समेत गभर्नर महाप्रसाद अधिकारीले हटाउने पक्षमा उभिन्छन् कि भन्ने अपेक्षा राखिएको समेत जनाएका छन् ।
अर्थतन्त्रको लेभल जहाँ हो त्यहाँ त आएको छैन , यो हुनु पछाडिको कारण अर्थमन्त्रीसँग अर्थतन्त्रको विषयमा पर्याप्त ज्ञान नहुनु पनि हो । कुरा गरेर मात्रै हुँदैन हामीले कुरा त धेरै सुनेर आयौ , चर्को चर्को आवाजमा सुनेर आयौ अब त परिणाम माग्ने समय हो लम्सालले निराशा जनक भावमा भने 'अब सरकार पनि सच्चिन र शेयर बजारको हकमा परिणाममुखी काम गर्न आवश्यक छ, सधैँ हावा बोलेकै भरमा बजारले गति लिँदैन, यहाँ त कन्फिडेन्स विकास गर्नुपर्छ, बजारमा विश्वास जगाउनुपर्छ र यो काम सरकारले तत्काल गरोस् भन्ने मेरो अपेक्षा हो ।'
घट्दो ब्याजदर र कर्जा लगानीमा हुन नसकेको सुधारले पनि सेयर बजारमा पुँजी प्रवाह हुन सक्ने उनको बुझाई छ । लगानीको विकल्प नभएकोले पनि अन्ततः पुँजी सेयर बजारमै फर्कनुपर्ने अवस्था रहेको कारण बजारले गतिमा लिनेको विश्वास थपिएको उनको भनाई छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको तथ्यांक अनुसार सेयर धितो कर्जा अघिल्लो वर्षको दुई महिनाको तुलनामा १०.७ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा ९९ अर्ब ७६ करोड रुपैयाँ बराबर सेयर धितो कर्जा गएको छ। त्यस्तै, भदौमा आइपुग्दा कर्जाको औसत ब्याजदर ९.५२ प्रतिशत छ।
नेप्सेमा सूचीकृत कम्पनीहरूको पहिलो त्रैमासिक प्रतिवेदनमा सुधार देखिँदै गएकोले पनि बजारमा यसले सहयोग नै पुग्ने अपेक्षा उनको छ। बैंकहरूको वित्तीय विवरणमा सुधार देखिएको छ। केही जलविद्युतहरूमा क्षति पुगे पनि बाँकीको विवरण राम्रो आउन सक्ने अनुमान गरिएको छ। यही कारण बजार बढ्ने मत बलियो बन्दै गएको लम्सालको भनाई छ ।
https://aarthikvoice.com/archives/46628


































