National life

'शेयर लगानीकर्ताको मनोबल कमजोर पार्ने मुख्य कारकतत्व झुटा समाचार हो'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
1.7kShares
'शेयर लगानीकर्ताको मनोबल कमजोर पार्ने मुख्य कारकतत्व झुटा समाचार हो'
ncell

काठमाडौं । दशैं पश्चात् खुलेको शेयर बजारमा साताको पहिलो कारोबारका दिन गिरावट आएको छ । दसैँ बिदा पछि पहिलो दिनको कारोबारमा नेप्से परिसूचक दोहोरो अङ्कले बढेको थियो । १७.५९ अङ्क बढेर २६५६.९६ विन्दुमा बन्द भएको बजारमा आइतबारका दिन फेरि ओरालिन पुग्यो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइतबार नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ । साताका पहिलो कारोबारका दिन बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ ।

यसरी बजार किन अस्थिर बनेको छ ? बजारको घटबढको शृङ्खलालाई कसरी हेर्ने ? दैनिक रूपमा घटबढको प्रक्रियाले लगानीकर्ताको मनोबलमा कस्तो प्रभाव पार्छ ? लगायतका प्रश्न सहित आर्थिक भ्वाइसले शेयर लगानीकर्ता तथा विश्लेषक छोटेलाल रौनियारसँग कुराकानी गरेको छ । प्रस्तुत छ लगानीकर्ता रौनियारको धारणा

पहिलो विषय त यहाँले भनेझैँ शेयर बजारमा घटबढको शृङ्खला चल्नु सामान्य र नियमित प्रक्रिया हो । बजार बढेपछि घट्नु र घटेपछि बढ्नु यसको सुन्दर पक्ष हो । तर सामान्य अंकको ग्यापमा यसरी घट्नु बढ्नुसम्म ठिक छ तर निरन्तर घट्नु वा निरन्तर बढ्नु वा त्यो घटबढ बिचको अन्तर ठूलो हुन जानुबिच चाहिँ जरुर केही समस्या खडा भएको हुन्छ नै ।

सामान्यतया नेपालको सन्दर्भमा हेर्दा एउटा कारण तत्त्व भनेको राजनीतिक अस्थिरता पनि हो वा राजनीतिक उथल-पुथल पनि एक मान्न सकिन्छ यसको मतलब यो होइन कि अहिले चर्चामा जे विषय चलेको छ रवि जी को विषय ! त्यो विषयले भने बजारसँग हकिकतै सम्बन्ध राख्दैन । केही अनलाइन मिडियामा मैले समाचार देखे रवि पक्राउ परेको कारण बजारमा घटबढ आयो भनेर यसरी व्यक्ति वा मिडिया कसैले पनि भ्रम छर्न सुहाउँदैन ।

रवि जी को विषयले यहाँ कतै अर्थ राख्दैन त्यो नितान्त भिन्न विषय हो । मैले जोडेको विषय त प्रधानमन्त्री र अर्थमन्त्रीले सुरुवातमा बजारका विषयमा जे बोल्नुभयो त्यो बोले अनुसार काम हुन सकेन, वा केही मिडियाले सरकार फेरि फेरिन थाल्यो भनेर लेखिरहेका छन् त्यसको असरका कारण बजारमा घटबढको शृङ्खला बढ्न जान्छ फलस्वरूप बजारले राम्रो परिणाम दिन सकिरहेको छैन ।

बजारमा आएका हो-हल्लालाई लगानीकर्ताले सहजै विश्वास गर्ने बानी छ । त्यसको सत्य तथ्य खोजी  गर्ने भन्दा नि होला पनि भन्ने मानसिकताको हाबी हुन्छ त्यसले उहाँहरूको मनोबल बिस्तारै बिस्तारै कमजोर पार्दै लैजान्छ र त्यसको प्रत्यक्ष असर बजारमा देखिन थाल्छ त्यसकारण झुटा समाचार लगानीकर्ताको मनोबल कमजोर पार्ने मुख्य कारकत्व बनेको छ यसको निराकरणमा लाग्नु जरुरी छ ।

अर्को कुरा भनेको हामी लगानीकर्ताको लागि बजार जति लामो सममयसम्म सकारात्मक भएर जान सक्यो त्यति राम्रो हो । हाम्रो चाहाना कम्पनीको क्षमता वा प्रोफाइल अनुसार बजार बढोस् भन्ने हो तर त्यस्तो हाम्रो नेपालको हकमा हुन सकिरहेको छैन र हुँदैन पनि दशैं नजिक आएको बेला मान्छेहरू नाफा बुक गर्ने बढी देखिए ।

बजारले आफ्नो निराशाको यात्रा लगभग सकेको थियो त्यही बेला जोडिन आएको मुख्य चार्ड पर्वले बजार गतिमा जानलाई केही पछाडि धकेलेको जरुर हो किनकि चार्ड पर्वको समयमा सबैलाई पहिले यो रौनक सकियोस् र बजारमा केन्द्रित हुने हो भन्ने जबरजस्त बनाई दिएको हुन्छ त्यो मेन्टालिटी बनेको बेलामा बजारमा चाडै सुधार आउँदैन, यो ब्रेकको स्थितिलाई सामान्य लिनुपर्छ भन्ने म विश्वास राख्दछु ।

नाफा बुक गरेका वा बजारमा शेयर किनेकाहरू पनि आखिर फर्किने वा किनबेच गर्ने त बजारमै हो त्यसकारण यो ब्रेकले लगानीकर्तामा नयाँ शक्ति सञ्चय गरेको छ भन्ने लाग्छ मलाई । यसले बजारलाई फेरि बढोत्तरीको साथ लिएर अगाडि जान्छ भन्ने विषयमा म ढुक्क छु। बजारका लागि चाहिने आधारहरू सबै पोजेटिभ छ । यस्तो बेलामा पनि फेरि ओरालो यात्रामा जाने भन्ने हुँदैन । बजारका लागि आवश्यक पर्ने रेमिट्यान्स बढेको बढेकै छ । नेपाली कामदारका पारिश्रमिक बढेको छ यो बढ्नु फेरि रेमिट्यान्स बढ्नु हो , यता बैंकहरुको व्याजदरमा पनि कमी आइरहेको छ यस्तो उपयुक्त समयमा बजारलाई घट्ने ठाउँ र घट्ने छुट पिटिक्क छैन भन्ने लाग्दछ ।

चार्ड पर्वमा मान्छेहरू आफ्नो पारिवारिक मेलोमेसो मिलाउन लागेका हुन्छन् , घरायसी कामकाज र आवश्यकता तार्नतर्फ केन्द्रित हुन्छन् यसका कारण मानिसहरू बजारमा अझै क्रियाशील हुन सकिरहेको छैनन् यसकारण बजारले अपेक्षा अनुसार परिणाम देखाउन सकेको छैन तथापि बजार बढेर जान्छ भन्नेमा कुनै शंका छैन । बजार बढ्ने आधारले हो कल्पनाले हैन यो कुनै काल्पनिक विषय होइन तथ्य र आधार केलाउन विषय हो हाम्रो आवश्यक आधार सबै उपयुक्त छन् । यसकारण बजार बढ्नेमा शंका छैन ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?