National life

लाखौँ आवेदकमध्ये कति जनाले पाए एभरेष्ट कलरको सेयर ?

गोलाप्रथाबाट आईपीओ वितरण, सीमित लगानीकर्तामात्रै भाग्यमानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०४ असार २०८३, बिहिबार
4.9kShares
लाखौँ आवेदकमध्ये कति जनाले पाए एभरेष्ट कलरको सेयर ?
ncell

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। सर्वसाधारणका लागि जारी गरिएको सेयर धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज वितरण गरेको हो।

कम्पनीले जेठ २२ देखि २७ गतेसम्म ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा अपेक्षाभन्दा धेरै लगानीकर्ताको सहभागिता देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्यापिटलका अनुसार कुल २६ लाखभन्दा बढी आवेदकले करिब २ करोड ८८ लाख कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २६ लाखभन्दा बढी आवेदन स्वीकृत भएका छन्।

योग्य आवेदकमध्ये ६५ हजार ५७० जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्रदान गरिएको छ भने बाँकी आवेदकले सेयर पाउन सकेनन्।

माग अत्यधिक भएकाले सेयर बाँडफाँड गोलाप्रथामार्फत गरिएको हो। लगानीकर्ताले आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
4.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?