National life

एभरेष्ट कलरले कमायो २ करोड २१ लाख रुपैयाँ, ईपीएस ७.३७ रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|३१ साउन २०८३, आइतबार
2.1kShares
एभरेष्ट कलरले कमायो २ करोड २१ लाख रुपैयाँ, ईपीएस ७.३७ रुपैयाँ
ncell

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २ करोड २१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३१ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सञ्चालन आम्दानीमा भएको सुधारका कारण कम्पनीको नाफा बढेको हो ।

कम्पनीले गत आवमा १७ करोड २६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी १४ करोड २० लाख रुपैयाँ रहेको थियो ।

एभरेष्ट कलरको चुक्तापूँजी ३० करोड रुपैयाँ रहेको छ । कम्पनीसँग १ करोड ९० लाख रुपैयाँ रिटेन्ट अर्निङ र ३ करोड ८ लाख रुपैयाँ सञ्चित रिजर्भ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.३७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६.६३ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य पनि ११६.६३ रुपैयाँ रहेको र तरलता अनुपात ५.३५ गुणा रहेको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?