National life

एभरेष्ट कलरको आईपीओ जेठ २२ बाट खुल्ने, सर्वसाधारणका लागि ६.५५ लाख कित्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१० जेठ २०८३, आइतबार
2.5kShares
एभरेष्ट कलरको आईपीओ जेठ २२ बाट खुल्ने, सर्वसाधारणका लागि ६.५५ लाख कित्ता
ncell

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुलाउने तयारी गरेको छ। कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि सेयर बिक्री खुला गर्ने जनाएको छ।

यसअघि पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर वितरण गरिसकिएको छ। अब बाँकी सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले कुल ३० करोड रुपैयाँ जारी पूँजीमध्ये २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँको आईपीओ जारी गर्न स्वीकृति पाएको छ। यसअनुसार १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिनेछ।

यसमा केही हिस्सा संस्थागत तथा कर्मचारीका लागि छुट्याइएको छ। सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ३९ हजार ५०० कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् १५ हजार ८०० कित्ता सुरक्षित गरिएको छ। बाँकी ६ लाख ५५ हजार ७०० कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा जेठ २७ गतेसम्म र ढिलोमा असार ५ गतेसम्म खुला रहनेछ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?