National life

पाँच बैंकिङ कसुरका मुद्दामा फरार अभियुक्त काठमाडौंबाट पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
1.1kShares
पाँच बैंकिङ कसुरका मुद्दामा फरार अभियुक्त काठमाडौंबाट पक्राउ
ncell

काठमाडौं । बैंकिङ कसुरसँग सम्बन्धित पाँच वटा मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ निवासी ३३ वर्षीय अन्जन भट्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उक्त जानकारी कार्यालयका एसपी रामेश्वर कार्कीले दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीका अनुसार भट्टविरुद्ध विभिन्न स्थानका प्रहरी कार्यालयमा बैंकिङ कसुरका पाँच वटा उजुरी दर्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनमा ५० लाख रुपैयाँ बराबरको मुद्दा दर्ता भएपछि उनी फरार रहेका थिए।

यसका अतिरिक्त जिल्ला प्रहरी परिसर ललितपुरमा १५ लाख, जिल्ला प्रहरी परिसर काठमाडौंमा १ लाख ४८ हजार, प्रहरी वृत्त बालाजुमा २ लाख ५० हजार र प्रहरी वृत्त कालिमाटीमा १ लाख ८० हजार रुपैयाँ बराबरका उजुरी दर्ता रहेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?