National life

१ करोड ४३ लाख बिगो तोकिएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ गर्न प्रहरी सफल, अनुसन्धान अघि बढ्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
1.4kShares
१ करोड ४३ लाख बिगो तोकिएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
ncell

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार फरार प्रतिवादी कृष्ण कुमार राईलाई काठमाडौं महानगरपालिका–१४ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

इलाम जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका ३६ वर्षीय राईलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ। उनी इलाम देउमाई नगरपालिका–२ स्थायी बासिन्दा भए पनि हाल काठमाडौंको कीर्तिपुर क्षेत्रमा बस्दै आएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीका अनुसार राईमाथि करिब १ करोड ४३ लाख रुपैयाँभन्दा बढी रकम सम्बन्धी बैंकिङ कसुरको आरोप रहेको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ।

प्रहरीले आर्थिक अपराधमा संलग्न फरार व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइएको पनि जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?