National life

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०५ साउन २०८३, मङ्गलबार
1.2kShares
एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति
ncell

काठमाडौँ। विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ।

ती आयोजनाको कूल क्षमता तीन हजार २११ मेगावाट बराबर छ। सौर्य ऊर्जातर्फ सात वटा आयोजना छन्। ती आयोजनाको क्षमता ३११ मेगावाट छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, प्रसारण लाइनतर्फ २२० केभी क्षमताको १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २७० सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको छ। यसैगरी, ३३ केभी क्षमताको १३२ सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमतिपत्र दिइएको छ।

उत्पादन अनुमतिपत्र पाएका २९ आयोजना छन्। ती आयोजनाको क्षमता एक हजार ८५७ मेगावाट बराबर छ। सौर्य ऊर्जातर्फ तीन आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ। ती आयोजनाको क्षमता ३१ मेगावाट छ। विभागले वार्षिक रुपमा करिब रु तीन अर्ब ५० करोड बराबरको रोयल्टी सङ्कलन गर्ने गरेको छ।

प्राप्त भएको रोयल्टी रकम प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने गरेको छ। त्यसबाट प्रदेश र स्थानीय तहको आर्थिक उन्नयन र विकासमा महत्वपूर्ण योगदान पुगेको विभागले जनाएको छ। विभागले हालसम्म जारी गरेको उत्पादन अनुमतिपत्रमध्ये जलविद्युत्तर्फ २६४ आयोजना छन्।

ती आयोजनाको कूल क्षमता १२ हजार ३३६ मेगावाट छ। सौर्य ऊर्जातर्फ कूल १० आयोजना छन्। ती आयोजनाको कूल क्षमता ७४ दशमलव छ मेगावाट छ। प्रसारण लाइनतर्फ ४०० केभी क्षमताका एक हजार ९७ सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिइएको छ।

यस्तै, २२० केभी क्षमताका ६५६ सर्किट किलोमिटर, १३२ केभी क्षमताको एक हजार ६०८ सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिइएको छ। त्यस्तै, ३३ केभी क्षमताको ३३७ सर्किट किलोमिटर बराबरको आयोजनाले अनुमति प्राप्त गरेको विभागका महानिर्देशक मनदेवी श्रेष्ठले जानकारी दिइन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?