National life

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२१ दिन अगाडि|१३ भदौ २०८३, शनिबार
1.8kShares
भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार
ncell

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत तथा आयोजना क्षेत्रमा रहेका सयौँ व्यक्ति सम्पर्कविहीन भएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीबाट प्रभावित ११ वटा जलविद्युत् आयोजनामा रहेका ८९८ जना अझै सम्पर्कविहीन छन् । उद्धार टोलीले हालसम्म ३६१ जनालाई जीवितै उद्धार गरेको छ ।

बाढीबाट प्रभावितमध्ये रसुवाका सात र नुवाकोटका छवटा जलविद्युत् तथा ऊर्जा आयोजना रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोजना क्षेत्रमा बाढीको प्रत्यक्ष प्रभाव परेपछि त्यहाँ कार्यरत कर्मचारी, श्रमिक तथा अन्य व्यक्तिको खोजी र उद्धारलाई प्राथमिकता दिइएको छ ।

इप्पानका अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट मात्रै २५४ जनाको उद्धार गरिएको छ । उक्त आयोजनाको सुरुङभित्र अझै करिब ३०० जना फसेको अनुमान गरिएको छ ।

सुरुङभित्र फसेकाको उद्धारका लागि थप प्राविधिक सहयोग आवश्यक देखिएपछि चीनबाट समेत विज्ञ टोली नेपाल आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सुरुङभित्र रहेका व्यक्तिसम्म सुरक्षित रूपमा पुगेर उद्धार गर्नु अहिलेको मुख्य चुनौती बनेको छ ।

त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जना र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट ९१ जनाको जीवितै उद्धार गरिएको छ । यी आयोजनासहित विभिन्न क्षेत्रबाट हालसम्म ३६१ जनाको उद्धार भइसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?