काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा विनयरमण पौडेल नियुक्त भएका छन्। उनलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रतिनिधिका रूपमा कम्पनीको सञ्चालक नियुक्त गरिएको हो।
कम्पनीको असोज १३ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको ५११औँ बैठकले पौडेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार नवनियुक्त सञ्चालक पौडेलको पदबहाली तथा सपथग्रहण आगामी सञ्चालक समितिको बैठकबाट गरिनेछ।

































