काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको हो ।
उक्त पदका लागि सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन बुझाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ ।
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक डा.
हाल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले सम्हालिरहेका छन् । उनलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उक्त जिम्मेवारी सुम्पेकी हुन् ।
मन्त्री यादव नेतृत्वको मन्त्रालयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य नेतृत्व चयन गरी निगमको व्यवस्थापन सुदृढ गर्ने तयारी गरेको बताइएको छ ।































