National life

सीमा प्रकरणमा प्रधानमन्त्रीको टिप्पणीबारे परराष्ट्रमन्त्रीले के बोले ?

प्रमाण संकलनका क्रममा अन्य मुलुकसँग संवाद भएको विषय प्रधानमन्त्रीले उल्लेख गरेको पनि उनले बताएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२७ जेठ २०८३, बुधबार
1.5kShares
सीमा प्रकरणमा प्रधानमन्त्रीको टिप्पणीबारे परराष्ट्रमन्त्रीले के बोले ?
ncell

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको बचाउ गर्दै त्यसलाई ‘क्रस–बोर्डर अतिक्रमण’ को सन्दर्भमा गरिएको टिप्पणी भएको बताएका छन् ।

गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले नेपाल र भारतबीच दुवैतर्फबाट जमिन अतिक्रमण भएको विषय उल्लेख गरेका थिए । उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले संसद्मा प्रश्न उठाउँदै आएका थिए ।

यस विषयमा बुधबार संसद्मा जवाफ दिँदै परराष्ट्रमन्त्री खनालले सरकारले सीमा सम्बन्धी विषयलाई गम्भीरतापूर्वक लिएको र कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रयास भइरहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले लिपुलेक क्षेत्र हुँदै भारतले सञ्चालन गरेको मानसरोवर यात्राबारे नेपालले औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरिसकेको र सो सम्बन्धमा कूटनीतिक नोट पठाइएको जानकारी दिए । भारतबाट त्यसको जवाफ पनि प्राप्त भएको उनले बताए ।

खनालका अनुसार अझै नक्सांकन हुन बाँकी रहेका केही क्षेत्र बाहेक दशगजा क्षेत्रमा अतिक्रमणका समस्या देखिएका छन् ।

सरकारले सीमा विवाद समाधानका लागि द्विपक्षीय वार्तालाई नै प्राथमिकता दिएको र यस विषयमा तेस्रो मुलुकको संलग्नता नखोजिएको उनले स्पष्ट पारे ।

साथै प्रमाण संकलनका क्रममा अन्य मुलुकसँग संवाद भएको विषय प्रधानमन्त्रीले उल्लेख गरेको पनि उनले बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?