National life
cg eloctronics

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०९ असोज २०८३, शुक्रबार
1.6kShares
राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?
muktinatha bikash bank

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।

न्यूयोर्कमा आयोजित महासभालाई सम्बोधन गर्दै उनले ‘हिमालयन सुनामी’ का रूपमा आएको भोटेकोसी–त्रिशूली विपद् कुनै स्थानीय त्रासदी मात्र नभएर सम्पूर्ण मानवताका लागि चेतावनी भएको स्पष्ट पारेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाल विकास, शान्ति र युवा राष्ट्रका आशाबारे कुरा गर्न चाहन्थ्यो तर केही साताअघिको विपद्ले देशलाई मृत्यु र विनाशबारे बोल्न बाध्य बनाएको बताए। केही मिनेटमै पुल, सडक, विद्यालय र हजारौँको जीविकोपार्जन बगाएको दृश्यले विश्वलाई झस्काउनुपर्ने उनले बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

करिब तीन वर्षअघि राष्ट्रसंघका महासचिवले सगरमाथाको छायाबाट जलवायु संकटबारे दिएको पुकार विश्वभरका वैज्ञानिक र नेपालले सुने पनि अन्तर्राष्ट्रिय राजनीतिक नेतृत्वले त्यसलाई गति र स्तर अनुसार ठोस कार्यमा रूपान्तरण गर्न नसकेको भन्दै शाहले असन्तुष्टि जनाए।

जलवायु परिवर्तनले पग्लिँदो पर्माफ्रस्ट, कमजोर हिमनदी र चट्टान पहिरोको जोखिम बढाएर हिमालयको पारिस्थितिक प्रणालीलाई नै अस्थिर बनाएकाले यसलाई नेपालको मात्र नभई विश्वकै साझा चुनौतीका रूपमा लिन उनले आह्वान गरे।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?