National life

क्रेस्ट माइक्रो लाइफकाे सेवा शुभारम्भ, प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले गरे उद्घाटन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
665Shares
क्रेस्ट माइक्रो लाइफकाे सेवा शुभारम्भ, प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले गरे उद्घाटन
ncell

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा संचालनका लागि स्वीकृती पाएको क्रेष्ट माइक्रो लाइफको कार्यालय आज साउन १० गते उद्घाटन भएको हाे ।

कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् ।

सुर्खेतको विरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको क्रेष्ट माइक्रो लाइफको आज विरेन्द्रनगरको शुभ होटलमा एक कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राधिकरणले यस लघुबीमा कम्पनीलाई एउटा म्यादी (टर्म) पोलिसी बिक्रि गर्न स्वीकृती दिएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले नियामकीय प्रबन्धहरुको अनुपालना गर्दै तल्लो तहसम्म बीमा सेवा पुर्याउन निर्देशन दिए । प्राधिकरणले नियमन र सहजीकरण दुवैलाई समानान्तर रुपमा लैजाने उनले वताए।

समारोहका सभापति तथा कम्पनी अध्यक्ष ऋषिराज मोरले समारोहमा उपस्थित सबैलाई धन्यवाद दिँदै जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछाडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिए ।

परम्परागत बीमा कम्पनीले खासै ध्यान नदिएका उक्त वर्गलाई न्यून बीमा शुल्कमा स सानो बीमांकको बीमालेख जारी गरी उनीहरुको भौतिक जोखिम बहन गर्ने र आर्थिक सुरक्षा दिने लक्ष्य कम्पनीको रहेको उनले बताए । कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी दूरदराजका गाउँबस्तीसम्म आफ्ना बीमालेख पुर्याउने पनि उनले सोही कार्यक्रम मार्फत जानकारी दिए ।

लघु जीवन बीमाको माध्यमबाट देशमा छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्रको पुँजी निमार्णमा योगदान गर्न सकिने धारणा समेत अध्यक्ष मोरले व्यक्त गरे । कम्पनीमा चुस्त दुरुस्त संस्थागत सुशासन तथा पारदर्शिता कायम राखी प्रभावकारी काम कारबाहीमार्फत कम्पनीको प्रतिष्ठा उकास्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष मोरले कम्पनी स्थापनाको क्रममा प्राप्त सहयोगका लागि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय लगायत अन्य सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत दिँदै कम्पनीबारे जानकारी दिए । कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा योजना कम बीमाशुल्कमा सजिलै प्राप्त गर्न सकिने सुविधा रहेको उनले जानकारी दिए ।

कम्पनीले प्रस्तुत गर्ने थोरै बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्ग आर्थिक रुपमा लाभान्वित हुने सिइओ श्रेष्ठको भनाइ छ । विद्यमान र आगामी दिनमा आउन सक्ने चुनौतीप्रति लक्ष्य गर्दै उनले भने, प्रतिष्ठित र स्थापित ठूला जीवन बीमा कम्पनीहरुबाट आउने चुनौतीलाई स्पष्ट उद्देश्य, बलियो मनोबल र संकल्पले अवसरमा परिवर्तन गर्न सकिन्छ । उनले लघु बीमाको तथ्यांकलाई सही विश्लेषण र व्यवस्थापन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?