National life

प्रभु र महालक्ष्मी लाइफले आजदेखि एकीकृत काराेबार शुरु गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
491Shares
प्रभु र महालक्ष्मी लाइफले आजदेखि एकीकृत काराेबार शुरु गर्दै
ncell

काठमाडाैं । प्रभु लाईफ इन्स्याेरेन्स र महालक्ष्मी लाइफ इन्स्याेरेन्सले एकीकृत काराेबार शुरु गर्दैछन् । यी दुइ कम्पनीले आज (शुक्रबार) बाट एकीकृत काराेबार शुरु गर्ने भएका हुन् ।

दुबै कम्पनीलाई प्रभु महालक्ष्मी लाईफ इन्स्याेरेन्सकाे नामबाट एकीकृत काराेबार सञ्चालन गर्नका लागी नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति प्रदान गरिसकेकाे छ ।

एकीकृत काराेबार प्रारम्भकाे घाेषणा भएपनि साउन १ गतेदेखि मात्र सर्वसाधारणले प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुबै कम्पनीकाे काराेबार सम्बन्धी तथ्या‌ंकलाई एकीकृत गर्नुपर्ने भएकाले तीन दिनसम्म सेवा अवरुद्ध हुने कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख छ।

गत जेठ २६ गते सम्पन्न दुबै जीवन बीमककाे वार्षिक साधारण सभाले एकीकृत काराेबार गर्ने विशेष प्रस्ताव पारित गरेकाे थियाे । प्राधिकरणले एकीकृत काराेबार सञ्चालनका लागी जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेकाे हाे ।

एकीकृत कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई रहनेछन्, उनी महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत हुन् । सञ्चालक समिति अध्यक्ष पदमा प्रभु लाईफ इन्स्याेरेन्सकाे प्रवर्द्धकहरूबाट शिक्षा भट्टचन रहने सहमति छ । उनी हालै प्रभु लाईफ इन्स्याेरेन्सकाे अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

दुबै जीवन कम्पनीले नेपाल बीमा प्राधिकरणले ताेकेकाे न्यूनत्तम चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थाकाबीच एक वर्ष अघि २०७९ असार २९ गते मर्जरका लागी प्रारम्भिक सम्झाैतामा हस्ताक्षर गरेका थिए । बराबरी हैसियतमा मर्जर भएकाले शेयरधनीकाे शेयर स‌ंख्या घटबढ हुने छैन । मर्जर पछि संयुक्त कम्पनीकाे चुक्ता पूँजी ४ अर्ब १९ कराेड ६० लाख रूपैयाँ पुग्नेछ । नेपाल बीमा प्राधिकरणले ताेकेकाे ५ अर्ब रूपैयाँ चुक्ता पूँजी कायम गर्न एकीकृत कम्पनीलाई थप ८० कराेड ४० लाख रुपैयाँ आवश्यक पर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
491SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?