काठमाडौँ । कार्तिक १९ गते बुधबार सुनचाँदीको मूल्यमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ।
जसअनुसार आज नेपालि बजारमा छापावाल सुनको मूल्य तोलामा रु. २ लाख ३७ हजार २०० मा कारोबार भएको छ ।
सोमबार सुनको मूल्य तोलामा रु. २ लाख ३८ हजार ३०० रहेको थियो।
त्यस्तै नेपालि बजारमा आज चाँदीको मूल्य पनि गिरावट आएको छ। सोमबार तोलामा रु. ३ हजार १५ मा कारोबार भएको चाँदी आज तोलामा रु. २ हजार ९९० मा झरेको छ, जसअनुसार चाँदी २५ रुपैयाँले घटेको हो।


































