काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुनको भाउ १४०० ले घटेर मंगलबार प्रतितोला २ लाख ३८ हजार ३०० कायम भएको हो । सोमबार सुनको भाउ २ लाख ३९ हजार ७०० प्रति तोलामा कारोबार भएको थियो ।
यससंगै मंगलबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर ३ हजार १५ कायम भएको हो ।
अन्तराष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउमा सामान्य गिरावट आएका कारण त्यसकै प्रभाव नेपाली बजारमा पनि परेको हो ।

































