National life

दैनिक सुनको मूल्य निर्धारण कसरी गरिन्छ ? आजको सुनको मूल्य सहित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ मंसिर २०८०, शुक्रबार
820Shares
दैनिक सुनको मूल्य निर्धारण कसरी गरिन्छ ? आजको सुनको मूल्य सहित
ncell

काठमाडौं। सामान्यतया बजारमा सुनको मूल्यमा दैनिक परिवर्तन भएको हुन्छ , सुनको दैनिक मूल्य परिवर्तन कसरी गरिन्छ भन्ने अधिकांशको चासोको विषय हो । यद्यपि सुनको मूल्य घटबढ हुनुको मुख्य कारण मध्यको एक अन्तर्राष्ट्रिय बजार हो ।

नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुनचाँदी व्यवसायी संघका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात् अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।

 मूल्य निर्धारण गर्नुअघि नेपालको समयअनुसार बिहान १० बजे संघमा न्युयोर्क मार्केटको बजार मूल्य आइसकेको हुन्छ । साथै भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि आधार मानेर मूल्य निर्धारण गर्दछ ।

त्यसै गरी, नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यको आधारमा निर्धारण हुन्छ । सुनको मुख्य मूल्य आधार भनेको नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र राष्ट्र बैंकको विनिमय दर हो।

यसरी कायम हुन आएको सुनको मूल्य नै सो दिनको कारोबारका लागि निर्धारण गरिन्छ । यही अनुरूप आज नेपाली बजारमा सुनको मूल्य २ हजार तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० र तेजाबी सुन १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

तिहार बिदाअघि गएको कात्तिक २७ गते छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँ कायम थियो । यसै गरी, आज चाँदीको मूल्यमा पनि ९० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
820SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?