National life

यी ५ फर्मलाई वाणिज्य विभागले गर्यो कारबाही, १० हजार जरिबाना

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
1.1kShares
यी ५ फर्मलाई वाणिज्य विभागले गर्यो कारबाही, १० हजार जरिबाना
ncell

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न ५ वटा फर्मलाई १० हजार रुपैयाँका दरले जरिबाना गरेको छ । विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुमगनका क्रममा सुमेस ग्लास ट्रेडर्स गोंगबु, कृष्णा टायल एन्ड सेनिटरी हाउस, आर एन ट्रेडर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही १० हजारका दरले जरिबाना गरेको हो ।

विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ । विभागले सार्वजनिक विदाको दिन बाहेक अन्य दिनमा देशव्यापी रुपमा नै अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?