काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।
जसमा न्यूनतम १७१ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।
यसअघि कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म ९९ लाख (१०० प्रतिशत) कित्त हकप्रद बिक्री खुला गरेको थियो ।
सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।
यता, कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज बुधबार अर्थात् असोज ३० गतेबाट फिर्ता दिन सुरु गर्ने जनाएको छ ।






































