National life

अन्डा फेरि महँगियो, प्रतिक्रेट कति पुग्यो ?

बजारमा अन्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१५ दिन अगाडि|१९ भदौ २०८३, शुक्रबार
3.4kShares
अन्डा फेरि महँगियो, प्रतिक्रेट कति पुग्यो ?
ncell

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्य बढाएसँगै बजारमा अन्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

संघले शुक्रबारदेखि लागू हुने गरी सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले वृद्धि गरेको हो । संघका अनुसार कुखुरापालनमा लागत बढ्दै गएको र बजार मागलाई सन्तुलनमा राख्न मूल्य समायोजन गरिएको हो ।

नयाँ मूल्यअनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँबाट बढेर ६०५ रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, ठूलो अन्डाको मूल्य ५७५ रुपैयाँबाट बढेर ५९० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५३५ रुपैयाँबाट बढेर ५५० रुपैयाँ कायम गरिएको छ ।

सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँमै यथावत राखिएको संघले जनाएको छ । यी मूल्य फार्म मूल्य हुन् । उपभोक्ता मूल्यतर्फ अन्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ तोकिएको छ ।

मिडियम आकारको अन्डा दुईवटा खरिद गर्दा उपभोक्ताले ४५ रुपैयाँ तिर्नुपर्नेछ । अर्थात् प्रतिगोटा अन्डाको मूल्य साढे २२ रुपैयाँ पर्नेछ ।

संघका सचिव मदन पोखरेलका अनुसार चितवनलाई मुख्य आधार मानेर उक्त मूल्य देशभरका लागि निर्धारण गरिएको हो ।

पछिल्लो समय कुखुराको दाना, औषधि तथा ढुवानी खर्चमा निरन्तर वृद्धि हुँदा किसानहरू मर्कामा पर्दै आएको संघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
3.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?