National life

एलपी ग्यास वितरण व्यवस्थित बनाउन निगम सक्रिय, उपभोक्तामा अझै अभावको गुनासो

ग्यास संकट अस्थायी मात्र: निगम, एक साताभित्र आपूर्ति सहज हुने दाबी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
4.3kShares
एलपी ग्यास वितरण व्यवस्थित बनाउन निगम सक्रिय, उपभोक्तामा अझै अभावको गुनासो
ncell

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालयबाट पाँच कम्पनीका ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था गरेको छ।

निगमले आजदेखि काठमाडौँ उपत्यकामा नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका १४.२ केजीका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म बिक्री गर्ने जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निगमका अनुसार गत जुलाई महिनामा करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको थियो। यस्तै, चालु साउन १ गतेदेखि १५ गतेसम्म मात्रै २६.५ मेट्रिकटन ग्यास आयात गरिएको जनाइएको छ।

प्रवक्ता ठाकुरले ग्यासको अभाव नभएको दाबी गर्दै ७.१ केजीबाट १४.२ केजी सिलिण्डरमा ‘स्विच’ गर्दा अस्थायी समस्या देखिएको बताए। उनका अनुसार बढीमा एक साताभित्र ग्यास आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

तर, निगमको दाबी विपरीत उपभोक्ताले बजारमा ग्यास अभाव रहेको गुनासो गरेका छन्। काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा ग्यास सहज रूपमा उपलब्ध नभएको र धेरै बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई फर्काइरहेको अवस्था छ।

बालाजु क्षेत्रका स्थानीय नवराज पोखरेलले केही दिनदेखि ग्यास नपाएको बताए। उनका अनुसार पसलमा नाम टिपाएर फर्कनुपरेको छ र ग्यास आएपछि खबर गर्ने भनिएको छ।

निगमले भने आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। साथै, उद्योगीलाई आपूर्ति सहज बनाउन निर्देशन दिँदै घरायसी उपभोक्तालाई प्राथमिकता दिन र बिक्री गर्दा ग्राहकको विवरण अभिलेख राख्न पनि अनुरोध गरेको छ।

निगमले दैनिक रूपमा मागअनुसार ग्यास आपूर्ति भइरहेको दाबी गर्दै ग्यास नपाएको अवस्थामा हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
4.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?