National life

भारततर्फ चिया निकासी पुनः सुचारु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
734Shares
भारततर्फ चिया निकासी पुनः सुचारु
ncell

काठमाडौं। नेपाली चिया निर्यातमा भारतीय पक्षबाट हुँदै आएको अवरोध अन्ततः हटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष सक्रियता र मन्त्रालयको निरन्तर संवादपछि आजैका दिनदेखि चिया निकासी पुनः सुचारु भएको हो।

गुणस्तर परीक्षणको बहाना बनाउँदै भारतले नेपाली चिया निकासी रोकेपछि विगत केही समयदेखि ठुलो विवाद सिर्जना भएको थियो। निर्यात ठप्प भएपछि झापाका ३० वटा सीटीसी र इलामका ६५ वटा अर्थोडक्स चिया उद्योगहरू गत असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुन पुगेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चिया क्षेत्रमा देखिएको यो गम्भीर संकटप्रति प्रधानमन्त्री बालेन्द्र शाहले समेत विशेष चासो देखाउनुभएको थियो। त्यसलगत्तै उद्योग मन्त्रालयले भारतीय अधिकारीहरूसँग कूटनीतिक र प्राविधिक तहमा सघन छलफल अघि बढाएको थियो।

उद्योग मन्त्रालयका अनुसार अब उप्रान्त गुणस्तर परीक्षण वा अन्य कुनै पनि बहानामा नेपाली चिया निकासीमा अवरोध नहुने सहमति बनेको छ। अवरोध हटेसँगै उद्योगी, मजदुर र चिया किसानहरूले राहत महसुस गरेका छन् भने बन्द भएका ९५ वटा चिया उद्योगहरू पनि पुनः सञ्चालनमा आउने भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?