National life

दशैंको बेला फोन अफ नगर्न कर्मचारीलाई मन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असोज २०८१, बुधबार
1.4kShares
दशैंको बेला फोन अफ नगर्न कर्मचारीलाई मन्त्रीको निर्देशन
ncell

काठमाडौं । दशैंलगायतका चाडपर्वका समयमा कुनैपनि कर्मचारीले आफूसँग भएको मोबाइल फोन अफ नगर्न खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमा आयोजना गरिएको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरुका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोबाइल अफ नगर्न निर्देशन दिएका हुन् ।

मानिसलाई पानी नभई नहुँने चिज भएको र चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्ने भएको भन्दै मन्त्रीले आफ्ना कर्मचारीलाई निर्देशन दिएका हुन् । सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले अहिले विपद्को समय भएकाले थप समस्या आउन सक्छने तर्फ ध्यान दिँदै हामीले नागरिकका समस्यालाई समाधान गर्न तर्फ लाग्नु पर्ने भएको हुँदा सबै राष्ट्र सेवक कर्मचारीहरु नागरिकका सेवामा अग्रसर रहन समेत आग्रह गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौं उपत्यकामा हिजोदेखि वितरण गरिएको मेलम्चीको पानी कुन–कुन क्षेत्रमा पुगेको र कहाँ अपुग छ, सो विषयमा निरन्तर अनुगमन गरी पानी विरतण कार्य सूचारु गर्न समेत मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरुलाई निर्देशन दिएन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?