National life

बित्तिकै नागरिकता पाउने अधिकार हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ मंसिर २०८१, सोमबार
1.3kShares
बित्तिकै नागरिकता पाउने अधिकार हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
ncell

काठमाडौं । अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मनेबित्तिकै अमेरिकी नागरिकता पाउने अधिकार हटाउने बताएका छन् । अमेरिकी राष्ट्रपति पदको सपथ लिनु अघि ट्रम्पले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा आफ्नो एजेण्डा खुलाएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकामा रहेका गैरकानुनी आप्रवासीहरूलाई देशबाट निष्कासन गर्ने आफ्नो योजना रहेको पनि फेरी दोहोर्याएका छन् ।

एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकताको अधिकार खारेज गर्ने बताएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिकी संविधानको १४ औं संशोधनले अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिने बित्तिकै अमेरिकी नागरिकता पाउने उल्लेख गरिएको छ । तर, ट्रम्पले यसलाई हटाउने बताएका हुन । जसको लागि उनले कानुनी अवरोधको सामना भने गर्नुपर्ने हुनसक्छ ।

उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपछि जनवरी ६, २०२१ मा उनका केही समर्थक क्यापिटल हिल ९अमेरिकी संसद० भित्र पसेर लुटपाट तथा तोडफोड गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?