National life

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ, २ लाख नगद बरामद

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ कात्तिक २०८०, बिहिबार
820Shares
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ, २ लाख नगद बरामद
ncell

काठमाडौँ । ललितपुरको गोदावरीबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट दुई लाख सात हजार रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले गोदावरी-१० स्थित टुकनाथ घिमिरेको घरबाट घिमिरेसहित आठ जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा घर मुली घिमिरे, ललितपुरको बागमती गाउँपालिका- १ का नारायण गौतम, गदावरी- १० का निराजन न्यौपाने, सोही ठाउँका श्याम महर्जन, ललितपुरको कोञ्ज्योसोम गाउँपालिका- २ शंखुका उद्धब बजगाईं, बागमती- ५ का पासाङ स्याङतान, सोही ठाउँका माधव घिमिरे र रमेश तिमल्सिना छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
820SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?