National life

भक्तपुरकाे जुवाखालमा प्रहरीकाे छापा, १५ जना जुवाडे पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
1.3kShares
भक्तपुरकाे जुवाखालमा प्रहरीकाे छापा, १५ जना जुवाडे पक्राउ
ncell

काठमाडौं । भक्तपुरबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेकाे छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित कौशलटारमा सञ्चालित जुवाखालमा प्रहरीले छापा मारेको हाे ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकका अनुसार कौशलटारमा इन्द्रबहादुर श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर १५ जनालाई पक्राउ गरिएको हाे ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर घर भएका कुमार बराल, दोलखा घर भएका बाबुराम खड्का, काभ्रे घर भएका बुद्धिलाल स्याङतान र मध्यपुर थिमी घर भएका ३० वर्षीय राम गोपाल कुटु सहित १५ जना छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, जुवा खालबाट १४ बुक तास र १ लाख ४ हजार नगद बरामद गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?