National life

विदेश पठाउन फर्जी कागजात बनाउने गिरोहको कारखानामा छापा, ९ जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
820Shares
विदेश पठाउन फर्जी कागजात बनाउने गिरोहको कारखानामा छापा, ९ जना पक्राउ
ncell

काठमाडौं । प्रहरीले फर्जी कागजात बनाउने गिरोहको कारखानामा छापा मारेको छ । ‘भिजिट भिसामा विदेश पठाउँछु’ भनेर फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीले छापा मारेको हाे ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारिएको हाे । नक्कली कागजात बनाउने काममा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पक्राउ पर्नेमा नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्त बहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काभ्रे घर भएका जीवराज तामाङ, काठमाडौँका साईरस बिसंखे, दीपक केसी र सल्यान घर भएका बल बहादुर रावत छन् ।

सल्यान घर भएका बल बहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेका हुन् । स्वयम्भूमा दीपक केसीले प्लसटुको नक्कली कागजात बनाउने कारखाना सञ्चालन गरेको पाइएकाे हाे ।

प्रहरीको अनुसन्धानअनुसार गिरोहले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लस टु को सर्टिफिकेट र नाता प्रमाणित पनि किर्ते बनाउने गरेको पाइएको छ ।

नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठले भिजिट भिषामा विदेश जान चाहने ग्राहक खोजेर नक्कली कागजात तयार गर्नका लागी दीपक केसी र बल बहादुर रावतसँगको सम्पर्कमा लैजाने गरेका थिए ।

अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेका भक्तबहादुरले नयाँ बसपार्कमा ट्राभल एजेन्सी सञ्चालन गरेका छन् ।

काभ्रे घर भएका जीवराज तामाङ प्रहरी जवान हुन् । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत तामाङले विदेश पठाउन ‘सेटिङ’ मिलाउन सहयोग गर्ने गरेको प्रहरीको अनुसन्धानका खुलेकाे छ । किर्ते काम गर्ने गिरोहले प्रतिव्यक्ति ५० हजारसम्म लिएर कागजात बनाउने गरेको पाइएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
820SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?