काठमाडौं । व्यवसायी अरुण चौधरी आज काठमाडौंको लैनचौरबाट पक्राउ परेका छन् ।
बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली चौधरीलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको सीआईबीको जानकारी छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीको भनाई छ ।
कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।


































