काठमाडौँ । श्रम स्वीकृति लगायत नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने २३ वर्षीय अजित फेवाली र २१ वर्षीय विपिन ढकाल रहेका छन् ।
भिजिट भिसामा विदेश जानका लागेका व्यक्तिहरू शङ्कास्पद रहेको भन्दै गत कार्तिक १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको थियो । अनुसन्धानका क्रममा सुजल हेङ्गजुको नाममा श्रम स्वीकृति नक्कली पाइएको थियो ।
प्रहरीका अनुसार सोल्टिमोडमा रहेको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट फेवाली र ढकाललाई पक्राउ गरिएको हाे ।
उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

































